‘अस्मितामाथि धावा बोल्नेलाई छाड्दैनौं’ प्रधानसेनापति क्षेत्री

काठमाडौं । नेपाली सेनाले मातृभूमिको अस्मितामाथि धावा बोल्ने तत्वहरूको गतिविधिलाई निस्तेज पार्न आफू तयारी अवस्थामा रहेको स्पष्ट पारेको छ। सांस्कृतिक एवं सामाजिक सद्भाव तथा सहिष्णुता बिथोल्ने प्रयत्न गरी मातृभूमिको अस्मितामाथि धावा बोल्ने तत्वहरूको गतिविधिलाई निस्तेज पार्न नेपाली सेनाले कुनै कसर बाँकी नराख्ने पनि स्पष्ट पारेको छ। अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

संघीय संचरनामा गइसकेपछि मुलुकको अखण्डता र स्वाधीनताबारे विभिन्न आशंका भइरहेका बेला सेना दिवसको अवसरमा सैनिक नेतृत्वबाट आएको पछिल्लो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सेना दिवसका अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोमबार मातहतलाई शुभकामना सन्देश दिँदै जस्तोसुकै कठिन परिस्थितिमा पनि मुलुकको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षा गर्न नेपाली सेना सदैव तयार रहेको स्पष्ट पारेका छन्।

प्रधानसेनापति क्षत्रीले इंगित गर्न खोजेको नेपालको अस्मितामाथि धावा बोल्ने तत्व को हुन् भन्नेबारे भने केही उल्लेख छैन। यद्यपि, मधेसमा विखण्डनकारी अभिव्यक्ति दिँदै आएका सीके राउत र उनका कार्यकर्ताको गतिविधिमाथि सुरक्षा निकायले निगरानी गर्दै आएको छ।

प्रधानसेनापति क्षत्रीको भनाइ उद्धृत गर्दै जंगीअड्डाले भनेको छ, ‘पुर्खाको रगत पसिनाले सञ्चित मातृभूमिको अस्मितामाथि धावा बोल्ने तत्वहरूको गतिविधिलाई निस्तेज पार्न कुनै कसर बाँकी राख्दैनौं। पुर्खाले स्थापना गरेको मूल्यमान्यता र देशभक्तिप्रति गर्व गर्दै नेपाली सेना कठिनभन्दा कठिन परिस्थितिमा पनि राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सदैव तत्पर रहेको छ।’ संघीय संरचनामा गएपछि नेपाली सेनाले संघीय संरचनाअनुसार फौजको तैनाथी व्यवस्थित गर्न थप २ पृतना तथा २ बाहिनी स्थापना गरिसकेको छ।

केही दिनअघि जंगी अड्डामा बसेको पृतनापतिहरूको बैठकमा मुलुकभर ‘मिलेटरी इन्लेलिजेन्स’लाई थप बलियो बनाई विखण्डनकारीको गतिविधिमाथि गहिरो निगरानी राख्नेबारे समेत छलफल भएको थियो। प्रधानसेनापति क्षत्रीले नेपाली सेनाको गैरराजनीतिक चरित्रमा असर पार्न सक्ने खालका कुनै प्रकृतिका दबाब नेपाली सेनालाई सह्य नहुने स्पष्ट पारेका छन्।

उनले नेपाली सेनामाथि हुने कुनै पनि दबाब र परिघटनाले नेपाली सेनाको चेन अफ कमान्डमाथि नै प्रहार हुन सक्ने भन्दै फौज एकढिक्का हुनुपर्ने बताए।

त्यस्ता दबाब आए सामाजिक न्यायको सिद्धान्त र विश्वासका आधारहरू टुट्ने सम्भावनाप्रति नेपाली सेना सधैं सजग रहनुपर्ने उल्लेख गर्दै प्रधानसेनापति क्षत्रीले भने, ‘नेपाली सेनाको चेन अफ कमान्डप्रति असर पर्ने गरी कार्य गराउने जोसुकै भए पनि कारबाहीको भागिदार हुनेछन्।’

प्रधानसेनापति क्षत्रीले मित्रराष्ट्रका सेनासँगको सम्बन्धलाई विस्तार गर्दै सैनिक कूटनीतिलाई थप मजबुत तथा सुदृढ पार्दै लैजाने अभिव्यक्ति दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…