हिउँले सेताम्मे जुम्ला, बाली सप्रने आसमा किसान खुसी (फोटो फिचर)

हरिकृष्ण कुमाईँ

जुम्ला । माघ महिनाको अन्तिम दिन सोमबार जुम्लामा हिउँपात शुरु भएसँगै जुम्ला बजारमा एक फिट हिउँ जमेको छ ।

‘पुसको हिउँ शिला माघको हिउँ विला’ भने स्थानिय उखान जुम्लीको जन जिब्रोमा प्रचित भए पनि यो वर्ष हिउँ नपर्दा जुम्लाका किसानहरु चिन्तित थिए । तर, सोमबार दिउँसोबाट पानीका साथै हिउँ पर्न गालेपछि उनीहरु खुसी छन् ।

जुम्लामा यो वर्ष हिउँदको समयमा हिउँ नपर्दा किसानहरुले लगाएको हिउँदे बाली सप्रेको थिएन तर, पछिल्लो हिउँ र वर्षातले हिउँदे वाली सप्रने आसमा किसान हर्षित भएको भएका छन् ।

जुम्लाका स्याउ किसानहरुको लागि यो समयमा स्याउका नयाँ विरुवा रोप्ने समय हो । तर, रोपेको विरुवामा सिचाईका लागि पानी गाग्रीमा बाकेर हाल्नुपर्ने बाध्यता थियो । तर सोमबारदेखि परेको हिउँले खुसी स्थानीय किसान पूर्णप्रसाद न्यौपानेले बताए । उनले भने, ‘हिउँ परेको हुदाँ जुम्ली किसानले हिउँपोखरीमा हिउँ संकलन गर्न सजिलो भएको छ ।’

जुम्लाका किसानहरुको हिउँदे बाली जौ, गहुँ, र उवा सप्रिने र फलफुलका लागि पनि राहत भएको छ । हिउँ पर्न थालेपछि जुम्लामा चिसो बढेको छ । चिसोले यहाँको जनजीवन कष्टकर बनेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…