रसुवागढी नाका एकमहिनाका लागि बन्द

काठमाडौं । चीनसँगको व्यापारिक नाका रसुवागढीमा मंगलबादेखि एक महिनाका लागि कारोबार बन्द हुने भएको छ ।

ल्होसार पर्वका कारण चिनियाँ ट्रान्सपोर्ट बन्द हुने भएकाले कारोबार ठप्प हुन लागेको हो । ट्रान्सपोर्टले सोमबार बिहान १० बजेसम्म गाडीमा शिल लगाएको थियो । शिल लगाएका गाडी मंगलबार साँझसम्ममा नेपाल आइसक्ने छन् ।

कारोबार नहुन भएकाले राजश्व संकलन प्रभावित हुने छ । फागुन महिनामा ३० करोड राजश्व उठाउने लक्ष्य राखेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार फागुन महिनामा करिब २ करोड रुपैयाँ राजश्व उठ्ने सम्भावना छ । चीनबाट नेपालमा आयात हुने रेडिमेट सामग्री र इलेक्ट्रोनिक सामग्री फागुन महिनाभरि आयत नहुने जनाइएको छ ।

कारोबार ठप्प भए पनि दुवैतिरका भन्सार भने नियमित सञ्चालन हुने कार्यालयले जनाएको छ । चिनियाँ ट्रान्सपोर्ट बन्द हुने भएपछि केरुङ जाने तयारीमा रहेका कन्टेनर जिल्लाको बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रु र टिमुरेमा रोकिएका छन् ।

२०७१ सालदेखि नियमित सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्दछन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…