उत्तर कोरियाली नेता किमले गरे दक्षिण कोरियाको प्रशंसा

एजेन्सी । लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध रहेका उत्तर कोरिया र दक्षिण कोरियाको सम्बन्ध सुमधुर हुने संकेतहरु देखिएको छ ।

शीतकालीन ओलम्पिकका कारणा दुई राष्ट्र जिकिएका हुन् । ओलम्पिक लगतै उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाको प्रशंसा गरेका छन् । किमले गरेका प्रशंसा बहिनी किम यो जंग दक्षिण कोरियाबाट फर्केपछि सार्वजनिक भएको हो ।

किम यो जंग प्योंगचांगमा जारी शीतकालीन ओलम्पिकको उदघाटन समारोहमा सहभागी हुन त्यहाँ गएकी थिइन् । त्यहाँ रहेका बेला उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनलाई वार्ताका लागि उत्तर कोरियाको राजधानी प्योङयाङमा आमन्त्रण गरेकी थिइन् ।

उत्तर दक्षिण कोरियाको सम्बन्ध बिस्तार हुँदै गएको बेला अमेरिकाले भने उत्तर कोरियासँग सम्बन्ध नबढाउन दक्षिण कोरियालाई चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चेतावनी दिँदै भनेको छ, ‘उत्तर कोरियाले प्रमाणु कार्यक्रम जारी राखेको छ । यो तनावको अवस्थामा दक्षिण कोरियाले सावधानी अपनाउनुपर्छ ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…