डाक्टरले रोग पत्ता नलगाएपछि विद्यालयमै लगाइयो धामी–झाँक्री

जाजरकोट । लगाड नगरपालिका–८ स्थित पञ्चभयार माध्यमिक विद्यालयमा छात्रा एकपछि अर्को गर्दै काम्ने समस्या देखिएको छ । तीन सातादेखि छात्राहरु काम्ने र कराउने गर्न थालेपछि विद्यालय बन्द गरिएको छ ।

छात्राहरु कक्षा कोठामा ढल्न थालेपछि पढाइ सञ्चालन गर्न समस्या भएको प्रधानाध्यापक हुमप्रकाश सिंहले बताए।

प्रधानाध्यापक सिंहका अनुसार विद्यालयमा कक्षा ५ देखिमाथि १० कक्षासम्मका छात्रामा यो समस्या देखिएको छ । हरेक ६ देखि ११ जनासम्म छात्रामा त्यस्तो समस्याबाट पीडित हुने गरेका छन् ।

विद्यालयमा तीन साता देखि आएको यस्तो समस्याको कारण भने अहिले सम्म पत्ता लगाउन सकिएको छैन ।
प्रधानाध्यापक सिंहले चिकित्सकले समेत रोग पत्ता लगाउन नसकेको बताए । ‘डाक्टर रोग पत्ता लगाउन नसकेपछि, विद्यालयमा धामी झँक्री समेत बोलायौ’ उनले भने ‘तर पनि रोग अझै पत्ता लागेको छैन । विद्यार्थीका अभिभावकहरु तनावमा छन् ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…