चट्याङ लागेर २२ सैनिक घाइते, पाँचको अवस्था गम्भीर

आशिष मल्ल

बैतडी । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन । घाइते मध्ये पाँचकाे अवस्था गम्भीर छ।

मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्म अन्तर्गत कठपतेमा तालिम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपती,सेनानी सुदिप बानियाले जानकारी दिएका छन् । उनले भने, ‘घाइते मध्ये ५ जनाको अवस्था गम्भीर छ ।’

गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको सेनानी बानियाले जानकारी दिए ।

बानियाका अनुसार ‘तालिममा रहेका सेनाका जवानहरु एक्कासी चट्याङ लागेर घाइते भएका हुन् । समान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । गम्भीर घाइते पाँच जनालाई उपचारका लागि काठमाडौं पठाउने तयारी गरेका छौं ।’ उनले भने ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…