निर्वाचन परिणाम बुझाउनासाथ देउवाको स्वतः राजीनामा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राजीनामा दिने तयारी गरेका छन् । तर, निर्वाचनको परिणम आउना साथ स्वतः उनको राजीनामा मानिने बताइएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परिणाम बुधबार राष्ट्रपतिलाई बुझाएमा बुधबार नै राजीनामा दिने देउवाको तयारी छ । निर्वाचन आयोगले राष्ट्रपति समक्ष परिणाम बुझाउनासाथ प्रधानमन्त्रीको राजीनामा आउँने कांग्रेस स्रोतको भनाई छ ।

‘निर्वाचन आयोगले बुधबार निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । त्यसका लागि राष्ट्रपतिसँग समय पनि माग गरिएको आयोगका एक पदाधिकारीले बताए ।

तर, तीन दलहरुलाई समानुपातिक सांसदको नामावली सच्याएर बुझाउन निर्वाचन आयोगले दिएको थप दुई दिनको समयको पनि आज अन्तिम भएकोले आयोग दलहरुबाट संशोधित नामावली आउने पर्खाइमा छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…