पानी जहाज कारखानामा विस्फोट, पाँचको मृत्यु

एजेन्सी । भारतको पानी जहाज मर्मत तथा निर्माण गर्ने एक कारखानामा भएको विस्फोटनमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।

केरला प्रदेशमा मंगलबार भएको सो घटनामा परी अन्य १५ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।

केरला राज्यको राजधानी थीरुभानान्थापुरमदेखि २०० किलोमिटर टाढा पर्ने इर्नाकुलम जिल्लामा रहेको कोची विमान मर्मत कारखानामा सो विस्फोटनको घटना भएको हो । एउटा विमान मर्मत भइरहेको अवस्थामा विस्फोटन भएको र त्यसमा परी पाँचको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका एक अधिकारीले जानकारी दिएका छन् ।

स्थानीय संवाददाताहरूले घटनामा घाइते भएका मध्ये १५ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको जनाएका छन् । विस्फोटनमा परेको जहाज राज्य नियन्त्रित तेल र प्राकृतिक ग्यास निगमको भएको बताइएको छ । मर्मतका लागि त्यो जहाज मर्मत स्थलमा लगिएको थियो ।

विस्फोटनको कारण खुल्न नसकेको अधिकारीहरूले बताएका छन् । आगलागी भएको विमानभित्र दुई जना अझै च्यापिएको समाचारमा जनाइएको छ ।

केरलाका मुख्य मन्त्री पिनारायी विजयानले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको शान्तिको कामना गर्नुभएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…