प्रदेश ६ को मुख्यमन्त्रीमा शुरु भयो लफडा

मुख्यमन्त्री आलोपालो हुनुपर्ने एमालेकाे सर्त

सुर्खेत । प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा विवाद भएको छ । नेकपा एमालेले माओवादी केन्द्रको सहमति विपरित मुख्यमन्त्री आलोपालो हुनुपर्ने सर्त राखेपछि लफडा शुरु भएको हो । एमालेको शर्तपछि मुख्यमन्त्री नियुक्तिमा ढिलाई भएको छ ।

वाम गठबन्धनले प्रदेश १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले लिने तथा ६ र ७ माओवादीलार्इ दिने सहमति भएको थियो ।  गठबन्धनको सहमति अनुसार प्रदेश ३ र ४ मा  मुख्पमन्त्री नियुक्त भएर सरकार गठन प्रक्रिया अगाडि बढिसकेकाे छ । प्रदेश १ र ५ मा पनि मुख्यमन्त्री नियुक्तिको तयारी भइरहेको छ । ।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्रीमा आलोपालोसहित तीनबुँदे प्रस्ताव राखेका छन् । तर शाही भने केन्द्रले यसअघि गरेको सहमति अनुसार नै चल्नु पर्ने बताएका छन् ।

प्रदेश ६ मा ४० जना सांसद छन् । त्यसम एमालेका २० सांसद छन् । सरकार गठनका लागि २१ सांसद चाहिन्छ । सरकार गठनको लागि एमालेको १ सांसद मात्र अपुगछ । माओवादीका १३ सांसद छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…