मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्न आह्वान

धनगढी । प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहनराज मल्लले बहुमत सांसदको समर्थन जुटाउन सक्ने प्रदेशसभाका सांसदलाई मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्न आज आह्वान गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयद्वारा बुधबार प्रकाशित सूचनामा नेपालको संविधानको धारा १६८ को उप धारा–१ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत रहेको नदेखिएकाले उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थन स्पष्ट देखिने गरी मुख्यमन्त्रीमा नियुक्त हुन यही फागुन ४ गते दिउँसो ११ बजेभित्र प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न आह्वान गरिएको उल्लेख गरिएको छ ।

प्रदेश प्रमुखको आह्वानपछि सम्भवतः बुधबार वा बिहिबार बिहानसम्म नेकपा एमाले र माओवादी केन्द्रको बहुमत सांसदको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरियोस् भन्ने दाबी पेश गर्ने तयारी गरिएको छ ।

एमालेका प्रदेश सांसद प्रकाश शाहले एमाले र माओवादी केन्द्रका बहुमत प्रदेश सांसदको समर्थनमा माओवादी संसदीय दलका नेता भट्टलाई मुख्यमन्त्रीमा नियुक्तिको लागि दाबी पेश हुन लागेको जानकारी दिए ।

प्रदेश नम्बर ७ मा एमालेका २५ माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद हुनुहुन्छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…