प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।  निर्वाचन आयोगले प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेसँगै प्रधानमन्त्री देउवाले बुधबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी भईरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिले नयाँ सरकारको प्रक्रिया बढाउनुअघि नै प्रधानमन्त्री देउवा राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा दिने सोचमा पुगेका छन् । सम्बोधनमा आफ्नो कार्यकालमा भएका उपलब्धिबारे सम्बोधन गर्दै राजीनामा दिने मनस्थिति बनाईएको छ ।

कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व लिने समझदारी अनुसार देउवा चौथो पटक गत जेठ २३ गते मुलुकको ४० औं प्रधानमन्त्री निर्वाचित भएका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…