मोरङलाई पराजित गर्दै थ्रीस्टार फाइनलमा

बारा । सिमरामा जारी गोल्डकप फुटबलमा मोरङ ११ लाई पराजित गर्दै फाइनलमा प्रबेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा मोरङ ११ लाई ४ –१ को गोल अन्तरले हराउँदै काठमाडौको थ्रीस्टार क्लब उपाधि नजिक पुगेको हो ।

सिमरा रंगशालामा भएको खेलमा थ्रीस्टारका लागि सुनिल बलले २ गोल गर्दा बिष्णु गुरुङ र अन्नत तामाङले १ – १ गोल गरेका छन् । खेलको २४ औ मिनेटमा बिष्णु गुरुङको गोलबाट अग्रता लिएको थ्रीस्टारले ३५ औ मिनेटमा सुनिल बलको गोलबाट अग्रता दोबर बनायो ।

यस्तै ४९ औ मिनेटमा सुनिलले ब्यक्तिगत दोस्रो गोल गर्दै थ्रीस्टारलाई ३ –० को अग्रता बनाए । यस्तै खेलको ७७ औ मिनेटमा अन्नत तामाङले हेडमार्फत गोल गर्दै थ्रीस्टारलाई ४ –१ ले बिजयी बनाएका छन । मोरङका कर्ण लिम्बुले १ गोल फर्काएपनि हार टार्न सकेनन ।

थ्रीस्टारले अब उपाधीका लागि बिराटनगर युनाइटेड र नेपाल आर्मीबिचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागि प्रतियोगिताको विजेताले पाँच लाख एकाउन्न हजार र उपविजेताले दुई लाख पचास हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…