राजा हुने चाहना पुरा नहुँदै युवराजको निधन

डेनमार्क । डेनमार्कका युवराज हेन्ड्रिककाे ८३ वर्षको उमेरमा बुधबार निधन भएको छ । उनकाे राजा हुने चाहना पुरा नहुँदै  निधन भएको हो ।

युवराज हेन्ड्रिकले सार्वजनिक रुपमा आफ्नाे राजा हुने चाहना ब्यक्त गर्दै आएका थिए । आफ्नाे राजा हुने चाहना अपुरो भएकोमा उनले सार्वजनिक रुपमा असन्तोष जनाउँदै आएका थिए ।

उनी डेनमार्क महारानी मागरेथका पति थिए । उनको सन् १९७२ मा तत्कालीन युवाराज्ञी मागरेथसँग विवाह भएको थियो । राजाकी पत्नीलाई रानी भनिए जस्तै रानीको पतिलाई पनि राजा भन्नु पर्छ भन्ने युवराज हेन्ड्रिकको माग थियो ।

उनको माग पुरा नहुँदा उनले सार्वजनिक रुपमानै असन्तोष जनाउँदै आएका थिए । युवराज हेन्ड्रिकको निश्छन्द व्यवहारको प्रसंशक र विरोधी दुवै थिए ।

फ्रान्समा जन्मिएका हेन्ड्रिकलाई पछिल्लो समय विर्सने रोग लागेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…