वाम एकता समिति बैठक निर्णयविहीन

एकता घोषणा हुन अझै केही दिन लाग्न सक्ने

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र एकता संयोजन समितिको बुधबार  भएको बैठक निर्णय विहीन रुपमा टुंगिएको छ ।
एकता अन्तिम चरणमा पुगे पनि वैचारिक पक्ष टुंगिन नसक्दा एकता घोषणा हुन अझै केही दिन लाग्न सक्ने स्थिति देखिएको छ ।

दिउँसैबाट बसेको समितिको बैठक वैचारिक पक्षमा बढी केन्द्रित भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए । नेता श्रेष्ठले विहीबार फेरि बस्ने गरी बैठक सकिएको जानकारी गराए । पार्टी एकताका विषयमा सकारात्मक छलफल गर्दै सकिएको हो ।

एकता समितिको बैठक हुनुअघि एमाले र माओवादी केन्द्रको छुट्टा छुट्दै बैठक भएको थियो । त्यसअघि एमालेअध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच एकान्त वार्ता समेत भएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…