ललितपुर बलात्कार प्रकरणः तीनै अभियुक्त ‘फरार’

काठमाडौं । ललितपुरको गोदामचौरमा तीन महिनाअघि भएको बलात्कार तथा ज्यान मार्ने उद्योगका मुख्य तीन अभियुक्तलाई तत्काल पुर्पक्ष थुनामा राख्ने अदालती फैसला आएको एक सातापछि मात्रै उनीहरु ‘फरार रहेको’ प्रहरीले थाहा पाएको छ । कान्तिपुरमा समाचार छ ।

गत विहिबार पाटन उच्च अदालतले दिएको पुरावेदन फैसलाको औपचारिक पत्र जिल्ला प्रहरी कार्यालयले सोमबार मात्रै पाएको र तत्काल आरोपीको ‘लोकेसन’मा खोजी गर्दा उनीहरु फरार भैसकेको प्रहरीले जनाएको छ ।

‘यो स्थितीबारे हामीले केन्द्रिय प्रहरी परिसर र अपराध महाशाखालाई पनि अवगत गराएका छौं,’महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी विनोद सिलवालले भने—‘फरार आरोपीको ‘लोकेसन ट्रेस’ गर्ने काम थालिएको छ ।’ अदालती फैसला आउनासाथ आफूले मौखिक रुपमा स्थानीय बाँडेगाउँस्थित प्रहरी प्रभागमा आरोपीको थातथलो निगरानी गर्न निर्देशन दिएको बताउँदै सिलवालले ‘आरोपी खोजबिनमा तदारुकता अपाइने’ बताए ।

करणी तथा ज्यान मार्ने उद्योगमा किटानी जाहेरीमा परेका तीन आरोपीलाई साधारण तारिखमा छाड्ने जिल्ला अदालतको फैसलालाई बदर गर्दै गत बिहिबार पाटनको उच्च अदालतले ‘प्राप्त प्रारम्भिक प्रमाणका आधारमा आरोपीलाई पुर्पक्षका लागि तत्काल थुनामा राख्ने’ फैसला गरेको थियो ।

पुनरावेदनमा जानुअघि, ललितपुर भित्री वस्तीकी २१ बर्षिया युवतीलाई करणी तथा ज्यान मार्ने उद्योगमा किटानी जाहेरीका आधारमा ललितपुर गोदामचौरका रघु सिलवाल (३२), विशालध्वज कार्की (२०) र पवन कुवर (२०)लाई थुनामा राखिएपनि जिल्ला अदालतले ‘किटानीमा दरो प्रमाण नभएको’ भन्दै थुनामुक्त गरिदिएको थियो ।

हातखुट्टा भाँचिएको र टाउको समेत फुटेको अवस्थामा गत मंसीर ३ गतेको बिहान खेतबारीमा भेटिएकी युवतीको अस्पतालमा ७ दिनपछि मात्रै होस आएको थियो । होस फिरेपछि लिइएको बयान र किटानी जाहेरी आधारमा आरोपी पक्राउ गरिएको थियो ।

पीडित युवतीको शरीरमा पाइएको वीर्य, रौं, रगतसहितको १६ वटा ‘यथेष्ट प्रमाण’को विधी विज्ञान परीक्षण नआइकन जिल्ला अदालतले आरोपीलाई रिहा गरिदिएको फैसला आफैंमा ‘सन्देहास्पद’ बनेको थियो । प्रहरीको विधी विज्ञान प्रयोगशालाले प्राप्त प्रमाणहरुको परीक्षण गर्न अझै केही समय लाग्ने जनाएको छ । पीडित युवती अहिले पनि पिसाब र रगतमा देखिएको संक्रमणका कारण अस्पतालमै छिन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…