अमेरिकाको एक विद्यालयमा गोली चल्दा १७ विद्याथीको मृत्यु

एजेन्सी । अमेरिकी सञ्चारमाध्यममा अनुसार फ्लोरिडास्थित एउटा उच्च माध्यामिक विद्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा १७ जना मारिएका छन्।

एकजना १९ वर्षीय पूर्वविद्यार्थीले सो आक्रमण गरेको ठानिएको छ। अधिकारीहरूले अन्य १४ जना विद्यार्थी घाइते भएको बताएका छन्।

किशोरावस्थाको उत्तरार्द्धमा रहेका सन्दिग्ध आक्रमणकारी निकोलस क्रुजलाई गिरफ्तार गरिएको छ। उनी मायामीभन्दा ७० किलोमिटर उत्तरमा पर्ने पार्कलेण्डमा रहेको मर्जोरी स्टोनमेन डग्लस हाइ स्कूलका पूर्वविद्यार्थी भएको विश्वास बताइएको छ ।

समाचारमा उल्लेखा भए अनुसार ती विद्यार्थीलाई विद्यालयबाट निष्कासन गरिएको उल्लेख छ । निकोलसले आगो लागेको खतरा जनाउने घण्टी थिचेर विद्यालयमा अस्तव्यस्ता सिर्जना गराएको र त्यसपछि गोली चलाउन थालेको सुरक्षा निकायहरूले सीबीएस न्यूजलाई जानकारी दिएका छन्।

गोली चल्न थालेपछि विद्यार्थीहरूले कक्षा कोठाभित्र लुक्न बाध्य भएका थिए भने प्रहरीहरू विद्यालय परिसरलाई सुरक्षित बनाउने कारबाही तत्कालै थालेका थिए।

अमेरिकी संघीय जाँच निकाय एफबीआइले स्थानीय सुरक्षा निकायलाई अनुसन्धानमा मद्दत गरिरहेको जनाएको छ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…