पर्यटकको गन्तव्य बनेको दोधारा चाँदनी पुल जिर्ण बन्दै(फोटो फिचर)

राधिका जोशी

कञ्चनपुर । १३ वर्ष अगाडी कञ्चनपुरमा निर्माण भएको दोधारा चाँदनी जोड्ने झुलुंगे पुलको अवलोकन गर्न देश तथा विदेशका विभिन्न ठाँउहरुबाट दैनिक सयाँैको संख्यामा पर्यटक आउने गरेका छन् । महाकाली नदीको सौन्दर्य र पुलको आकर्षणले पर्यटकलाई लोभ्याउने गरेको छ, तर दिनानुदिन पुलको अवस्था भने जिर्ण बन्दै गइरहेको छ ।


दैनिकजसो सयौंको संख्यामा आउने पर्यटकहरुका कारणले झोलुङ्गे पुल वारीपारिका ब्यापारीहरुको आर्थिक अवस्थामा सुधार भएको देखिन्छ । यसैगरी दोधारा चाँदनीका स्थानिय वासिन्दाका लागि यो पुल बनेपछि भारतको बाटो हँुदै सरदमुकाम आउनुपर्ने बाध्यता पनि हटेको छ । तर, सम्बन्धित निकायले पुलको मर्मत सम्भारमा ध्यान नदिँदा पुलको अवस्था भने ज्यादै नै जिर्ण बन्दै गएको छ ।

विगतका दिनमा यस क्षेत्रका वासिन्दाले आफुहरु नेपालका नागरिक नभएको गुनासो गर्ने गरेकोमा यो पुल निर्माण भएपछि उनिहरु खुसि त भएका छन् तर पुलको अवस्था जीर्ण बन्दै गएको देख्दा उनिहरु चिन्तित छन् । पुलका प्लेटहरु टुट्ेका छन् भने नट बोल्टहरु हराएका छन् ।


२०६१ सालमा निर्माण भएको दोधारा चाँदनीको झोलुङ्गे पुलको लम्बाई १४ सय ५२.९६ मिटर र चौडाई १.५ मिटर रहेको छ ।तर पुलको समयमै मर्मत सम्भार नहुने हो भने अवको ३ वर्ष भित्र पुलको अस्तित्वनै धरापमा पर्ने स्थानीयको भनाइ छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…