अनौठो रहस्यः माटोको शिवलिङ्गा न हावाहुरीले ढल्छ न पानीले पखालिन्छ ( फोटो फिचर )

राधिका जोशी
कञ्चनपुर । ढुंगाका शिवलिङ्ग देख्ने र पुजा गर्ने लाई अचम्म लाग्न सक्छ । प्रदेश नम्वर ७ मा पर्ने कञ्चनपुरको बदकोट नगरपालिका–४ बगुनामा रहेको शिवलिङ्ग देखेर । किनकी यो हजारौ वर्ष अगाडी माटोबाट उत्पत्ति भएको हो र यो पानीबाट समेत पखालिदैन् ।

यो लिङ्ग अवलोकन गर्न जिल्ला र जिल्ला बाहिरका पर्यटकहरु आउने गरेका छन् । लिङ्गको शुद्ध मनले पुजा अर्चना गरे मनोकांक्षा पुरा हुने विश्वास रहेकोले पनि होला, दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्छ । २०२७ सालमा स्थानियले लिङ्गको बाटो हुदै पानी ल्याउन खोज्दा असफल भएको र २०३० सालमा पानी पुरै रोकिएपछि यहि लिङगमा पुजाआजा गरेर पानी निस्केको अग्रजहरु बताउँछन् ।

अहिले पनि त्यस ठाँउमा एउटा नाग रहेको र महिनावारी भएका महिलाहरु प्रवेश वा अन्य कनै अशुभ कार्य हुन गएमा नागले लखेट्ने गरेको स्थानियको भनाई छ ।

परापूर्व कालमा शिवको लिङ्ग रहेको ठाँउमा सानो माटाको ढिस्का रहेकोे र समयसंगै शिव लिङ्गको आकारमा वृद्धि भइरहेको छ । लिङ्गलाई हेर्दा कुनै चमत्कार भन्दा कम देखिँदैन । दिनको प्रत्येक प्रहर र ऋतु अनुसार लिङ्गको रंगमा पनि परिर्वतन हुने स्थानीय बताउँछन् ।

आफैमा रमणिय ठाउँ त्यसैमाथि लिङ्गाको दर्शनले सवैलाई मनमोहक बनाउँछ । तर लिङ्गा भएको ठाउँसम्म पुग्न भने बाटोको खासै सुविधा छैन् । बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्द यस ठाउँसम्म पुग्ने पक्कि बाटो निर्माण गर्ने वताउछन् । उनी भन्छन् यस ठाउँको विकासका लागि हरहालतमा लागि पर्नेछु ।

चन्दकै आग्रहमा यतिवेला यो स्थानलाई सुरक्षित र आकर्षित बनाउने कार्य अघि बढेको छ । यस ठाउँमा आन्तरीक र वाह्य पर्यटक भित्र्याउन नगरपालिका प्रमुखले सून्दर पार्क निर्माण समेत थालेका छन् । तर कुनै ठाउँको संरक्षण र सम्वर्धनमा स्थानियको ठूलो हात हुने भएकाले यसतर्फ स्थानीयले सचेत हुन जरुरी छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…