जनप्रतिनिधिः २० हजारको मोबाइलका साथ ८५ हजार भाडाको गाडीमा सरर

पर्सा । जिल्लाको कालिकामाई गाउँपालिकाका निर्वाचित पदाधिकारीहरूको मनपरी निर्णयहरू अहिले पर्सामा नै चर्चाको विषय बनेको छ ।

बिहीबार बसेको स्थानीय जनप्रतिनिधिको बैठकले, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा प्रशासकीय अधिकृतलाई ३ वटा गाडी भाडामा लिने र १४ वटा २० हजार मूल्यपर्ने मोबाइल खरिद गर्ने निर्णय गरेको छ । भाडामा गाडी तथा मोबाइल खरिद गर्ने निर्णय गरेपछि अहिले गाउँका बुद्धिजीवीहरू चकित छन् ।

गाउँपालिकाका प्रशासकीय अधिकृतले अहिले एउटा गाडी प्रतिदिन भाडावापत दैनिक २५ सय रुपैयाँ र ईन्धनमा ठूलो रकम खर्चिरहेका छन् । बिहिबारको बैठकले २ वटा गाडी उपाध्यक्ष र अध्यक्षको नाममा भाडामा लिने निर्णय गरेपछि अहिले वडाध्यक्षबीच विवाद शुरू भएको छ । नियमविपरीत निर्णय गर्न नपाइने भन्दै केही वडाध्यक्षहरूले निर्णय पुस्तिकामा हस्ताक्षर समेत गरेनन् ।

उपाध्यक्ष राजेश चौरसियाको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयमा मासिक एउटा गाडीको ८५ हजार रुपैयाँ (इन्धनबाहेक) भाडाबापत दिने उल्लेख छ । एक वडाध्यक्षले गाउँपरिषद् नभएको अवस्थामा जथाभावी गरेको निर्णयमा हस्ताक्षर नगरेको बताए । उनले बैठकले गरेको निर्णय गैरकानूनी भएको समेत बताए ।

यस विषयमा कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाले बहुमतको आधारमा अाफुले निर्णय गरेको बताए ।

प्राप्त जानकारी अनुसार ५ वडा रहेको गाउपालिकामा वडा नं. ५ का अध्यक्ष पवन तिवारी र २ का सोनालाल चौरसियाले निर्णयमा हस्ताक्षर गरेका छैनन् भने अन्यले भने हस्ताक्षर गरेका छन् । बैठकमा निर्वाचित पदाधिकारीहरूलाई होलीखर्च दिने निर्णय समेत गरेको बुझिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…