डव्लु.एफ.टि.यु बैठकमा भाग लिन खनाल तेहरान प्रस्थान

काठमाडौ । विश्व ट्रेड युनियन महासंघ (डव्लु.एफ.टि.युं)को प्रेसिडेन्सिएल काउन्सिल सदस्य तथा पेशागत महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनाल शुक्रबार तेहरान प्रस्थान गरेका छन्

तेहरानमा फेवब्ररी २६ र २७ मा (डव्लु.एफ.टि.युं) केन्द्रीय कमिटीको बैठक हुँदैछ । उपाध्यक्ष खनाल केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन त्यसतर्फ गएका हुन् ।

बैठकमा सन् २०१७ मा विश्वका श्रमिक वर्गहरुले भोगिरहेका समस्या , उनीहरुले सञ्चालन गरिरहेकाे संघर्षकाे समीक्षासहित डव्लु.एफ.टि.युं)को सन् २०१९ का लागि वार्षिक योजना तथा कार्यक्रम पारित हुने आयोजकले जनाएका छन् ।

सन् १९४५ मा स्थापना भएको डव्लु.एफ.टि.युं)मा नेपालवाट पेशागतमहासंघसहित मजदुरसँग सम्बन्धित ८ संगठन आवद्ध छन् । विश्वभरका करिब १० करोड श्रमिक आवद्ध रहेको डव्लु.एफ.टि.युं)ले साम्राज्यवाद, पूँजीवाद र फाँसीवादले विश्वभरका श्रमिक माथि मच्चाएको बर्वर शोषणका विरुद्ध संघर्ष गर्दै आएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…