नेपालीबीच विभाजन ल्याउने शक्ति निस्तेजः प्रदिप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदिप ज्ञवालीले नेपाली पहिचानलाई कसैले पनि चुनौति दिन नसक्ने बताउनु भएको छ ।

सचिव ज्ञवालीले नेपालीहरुबीच विभाजन ल्याउन केही वर्षअघि गरिएका प्रयास आफैं निस्तेज भएर गएको पनि स्पष्ट पार्नुभयो । शुक्रबार काठमाडौंमा आयोजित ‘सम्पूर्ण नेपाल माहात्म्य तथा धार्मिकस्थल परिचय’ नामक पुस्तकको विमोचन गर्दै उहाँले केही वर्षअघि नेपालमा पहिचानको नाममा मुलुकलाई विभाजन गर्न खोज्ने शक्तिहरु अहिले किनारा लाग्दै गएको पनि स्मरण गराउनु भयो ।

साहित्यकार समेत रहनु भएका सचिव ज्ञवालीले प्राचीन नेपालको मौलिकता नेपाल र नेपालीका लागि गौरवको विषय भएको पनि चर्चा गर्नुभयो ।

सधुसुदन सुवेदीद्धारा लिखित पुस्तकमा नेपालको धार्मिक स्थलहरुको परिचय दिने प्रयास गरिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…

कोरिया । टेलिभिजन समाचार पढिरहेको सयममा यहाँका एकजना समाचारबाचकले धेरैलाई चकित पारेका छन् । एक साता अघि कोरियन टेलिभिजन च्यानल…