कसरी भयो शर्मिलाको हत्या ?(भिडियो हेर्नुहोस्)

काठमाडौं । सधै झै गत शुक्रवार पनि बिहान नौ बजे घरबाट निस्किन् शर्मिला राउत । अरु बेला कार्यालयको काम सकाएर समयमै घर पुग्ने छोरी बेलुकाको नौ बज्दा पनि घर नफर्केपछि परिवारका सदस्य चिन्तित थिए । तर त्यही समयमा छोरीको फोन आयो ।

शर्मिलाले फोनमा आमासंग कुरा गर्दै भनिन् आमा म आज आउन सक्दिन । हाम्रो बोसको पार्टी छ, यतै बस्छु, चिन्ता नलिनु । छोरीको फोनपछि परिवारजन आश्वस्त भए ।

भोलिपल्ट अर्थात् २०७४ साल शनिवार बिहान १० वजे छोरी कै मोवाईलवाट कल आयो । शर्मिलाकी आमाले फोन उठाईन् । तर यस पटक उतावाट बोल्ने मान्छे शर्मिला थिईनन् । बोल्ने मान्छे प्रहरी थिए ।

प्रहरीले भन्यो तपाईहरु छिट्टै सुन्धारास्थित निकुद होटलमा आउनुस् । यहाँ शर्मिलाको सानो दुर्घटना भएको छ । शर्मिलाको आमा बुवा दौडेर सुन्धारा पुगे । प्रहरीले उनीहरुलाई होटलको १०४ नं. कोठामा पु¥यायो । जहाँ ओछ्यानमा छोरी शर्मिलाको लाश लमतन्न थियो ।

प्रहरीको मुखवाट उनीहरूले सुने, तपाईको छोरी मृत अवस्थामा भेटेका हौ । प्रहरीको मुखबाट निस्केको वाक्य सुन्ने वित्तिकै उनीहरू अचेत हुनु स्वभाविक नै थियो । छोरी शर्मिलालाई लाडप्यारमा जो उनीहरूले राखेका थिए ।

थप भिडियो हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…