एक सातामा रजनीकान्तको दुई ठुला फिल्मको ट्रेलर चुहावट

मुम्बई । सुपरस्टार रजनीकान्तको आउन लागेको थप एक नयाँ फिल्मको ट्रेलर चुहावट भएको छ । यो हप्तामा यस्तो घटना दोश्रो पटक दोहरिएको हो ।

यस अघि यी सुपरस्टार कलाकारको आउँदै गरेको फिल्म “काला ” को ट्रेलर चुहिएको समाचार चर्चाको विषय बनेको थियो । एक साता नवित्दै यिनैको अर्को फिल्म “२.०” फिल्मको ट्रेलर पनि बाहिर आएको समाचार छ ।

दोश्रो फिल्मको पनि ट्रेलर अनाधिकृत रुपमा बाहिरिए पछि उनका समर्थकहरु पनि आक्रोसित भएका छन् । समर्थकहरुले फिल्म निर्माता विरुद्ध कडा कदम उठाउनु पर्ने माग गरिरहेका छन् ।

भारतीय फिल्म उद्योग मै सर्वाधिक लागतमा निर्माण भएको भनिएको फिल्म “२.०” दर्शकद्वारा पनि सर्वाधिक प्रतीक्षा गरिएको परियोजना हो । यो फिल्ममा रजनीकान्त बाहेक वलीउड अभिनेता अक्षय कुमार पनि खलनायकीय भूमिकामा रहेका छन् ।

विज्ञानको फिक्सनमा आधारित यो फिल्म करीब ४ सय करोडको लागतमा तयार भएको जनाईएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…