सीता ओझाअध्यक्ष, महिला अध्ययन केन्द्रअन्तर्राष्ट्रिय स्तरबाट शुरु भएको महिलाको अधिकारको आन्दोलनले १०८ वर्ष पार गरिसकेको छ । तात्कालीन समयको समानताको लडाइँको अन्तर्राष्ट्रिय नेतृत्व क्लारा जेट्किनले गरिन् । महिलाको समानतासँग जोडिएको समान ज्याला र मतदानको अधिकार अझै पनि कतिपय मुलुकका महिलाले पाएका छैनन् । विश्वभरी महिलाको समान हकको कुरा प्रत्येक आर्थिक, सामाजिक र पारिवारिक संरचनासँग जोडिएर आउँछ । यी संरचनाहरुको निर्माण परिवारको आवश्यकता स्वरुप र फाइदासँग जोडिएको छ । त्यस्ता आवश्यकताको महत्व भएको परिवारको परिकल्पना अझैसम्म पुरुषको मात्रै हुन्छन् भनेर बुझने गरिन्छ । यस्ता कुराको सम्बन्ध धर्मको मर्म र साँस्कृतिक गहिराइसँग जोडिएर निर्माण गराइएको छ । यिनीहरु निकै सुसुप्त रुपमा रहेको कुरा हाम्रा सँस्कारगत व्यवहार र दृष्टिकोणको जिनसँग जोडिएका छन् । बदलिएको दुनियाँसँगै यिनीहरु रुपमा बदलिँदै छन् । बदलिएका रुपहरुलाई पुँजी बजारले गाउँ र सहरमा फरक फरक मोडेलमा प्रस्तुत गरेर पुनः महिलालाई शोषण गरिरहेको छ । हामी त्यसलाई आधुनिकताको नाममा मस्त भएर मन्द विष पिए झैँ चपाई रहेका छौँ । यस्ता फरक प्रकृतिका शोषणका विषयमा महिला अधिकारकर्मीहरुले हेक्का राख्नै पर्छ होला ।
विश्वभरिका गिनेचुनेका महिलाहरुले अन्तर्राष्ट्रिय स्तरका चारवटा ओटा विशाल विश्व महिला सम्मेलनहरु देख्ने सुन्ने र सहभागिता पनि जनाए । यसरी आयोजना भएको महिलाको विश्व सम्मेलनमा विश्वभरका महिलाका समस्यालाई पहिचान गर्न सके । पछिल्लो पटक चिनको बेइजिङ्गमा सम्पन्न चौथो महिला विश्व सम्मेलनले त महिलाका बाह्रवटा सरोकारका मुद्धा छुट्याउन सफल भयो । चारवटा विश्व महिला सम्मेलनले विषेश गरेर महिलासँग जोडिएका हरेक सवालहरुको सम्बोधनका लागि महिलाको सरोकार हुनुपर्ने कुरा विशेष रुपमा जोड दियो । महिलाले महिलासँग गर्ने सुनुवाई र गरिने सरोकारको कुराको सहज वार्तालाभ जति सजिलो हुन्छ त्यति कै असहज पुरुषसँग गाह्रो हुने कुराको किटानी पनि गरियो । यस्तो विषयले अहिले उत्पिडनमा परेको महिलाले न्याय पाउने कुरामा सहजता बढेको देखिन्छ । त्यस्तै पहुँच बाहिर भएका महिलाले महिलासँग महिलाको कुरा भन्न सक्ने वातावरण बन्यो । सँगै हरेक यस्ता विषयमा महिलाको सरोकार पनि जोडियो । यस्ता कुराले मानिसलाई महिला निकै उत्पिडन र असमानतामा बाँचेका रहेछन् यो अवस्थाबाट सुधारको अबस्थातिर लैजान सहयोग गर्नुपर्छ भन्ने आम चेतनाको जागरण पनि गरायो । महिलाको विभेदको न्यूनीकरणको लागि यस्तो प्रचार प्रसारले सबैतिर सेतुको काम गरेको अनुभुति भएको देखिन्छ ।
फेरी पनि महिलाको बषौँको त्याग र बलिदान हराउन या मेटिने हो की भन्ने पनि शंका उब्जेको भेटिन्छ । यस्ता कुराको मुल्याङकन र समीक्षा गर्न नजान्दा एक जना व्यक्ति पदमा पुगेको कुरा या एकदुईले सुविधा पाएको विषयलाई नजिर बनाएर अरु महिलालाई सेक्ने र छेक्ने हो की जस्तो हुन जान्छ की ! सोचौँ है । त्यसैले महिला अधिकारका अभियान्ताहरुले अधिकारको प्राप्ति सगै अबको अधिकारको क्षेत्र या बाटोको पहिचान सहित मुद्दा पनि ठम्याउन सक्नु पर्दछ ।
आदिम कालदेखि नै महिला नै महिलाको कार्यतालिकाको कर्ता महिला हुन नपाएको इतिहास पढेका हामीले सामाजिक विभेदीकरणको व्यबहार कति व्यहोरेर आएका छौँ भन्ने कुरा हामी भन्दा बढी हाम्रा आमा र हजुरआमालाई थाहा छ तर उनीहरुले लेख्न र देखाउन नजानेका कारण विभेदमा परे । समाजमा महिला र पुरुष विचमा साँस्कृतिक र साहित्यिक रुपमै लैङ्गिक विभेद गरिएको देखिन्छ । परिवार, समाज र राज्यको परिकल्पना गर्ने दृष्टिकोण बोकेको पित्रृसत्ता अझै लिङ्गीय समानताको कुरामा छलफल गर्ने तरखरमा देखिन्न । यस्ता कुराहरु कतिपय महिलालाई र अधिकांस पुरुष कै लागि पाच्य भएको देखिदैन । महिलाका समानतासँग जोडिएका अर्थ राजनीतिका कुरा अझै परिवारमा छलफल हुदैनन् । घर परिवारमा छोरी जन्मने र जन्माउने कुरा अझै हामीलाई बोझ नै छ । छोरीको जन्म पश्चात सूचना पाउँदा नै अर्धचेत मष्तिस्कले हतारिएर “ए छोरी पो हो ”। भन्न हामी नै पछि पर्दैनौ । महिलाका पहिरन, खुवाई, बसाई, हिँडाई हरेक कुराप्रति टिपणी गर्ने परिपाटी पनि हामीमा नै छ । विविधतामा एकताको समायोजन गर्न खोज्ने हाम्रो समाजले महिला महिलावीचमा भएको वर्ग विभेदको पहिचान गर्न अझै सकेको छैन । त्यस्तै प्राप्त उपलब्धिको सँस्थागत रक्षा र विकास गर्ने कुरा पनि पहिचान गर्न र निर्णयमा दरो पाइला टेक्न नसकेको होकी भन्ने पनि देखिदै छ । यस्ता नीतिसँग जोडिएका विषयहरुमा राज्य र राज्यका सञ्चालनकर्ताहरु नै टिक्न नसक्दा प्राप्त उपलब्धीहरुको सँस्थागत विकास हुन सक्दैन की जस्तो आभास पनि हुने गरेको छ । फेरी पनि महिलाको बषौँको त्याग र बलिदान हराउन या मेटिने हो की भन्ने पनि शंका उब्जेको भेटिन्छ । यस्ता कुराको मुल्याङकन र समीक्षा गर्न नजान्दा एक जना व्यक्ति पदमा पुगेको कुरा या एकदुईले सुविधा पाएको विषयलाई नजिर बनाएर अरु महिलालाई सेक्ने र छेक्ने हो की जस्तो हुन जान्छ की ! सोचौँ है । त्यसैले महिला अधिकारका अभियान्ताहरुले अधिकारको प्राप्ति सगै अबको अधिकारको क्षेत्र या बाटोको पहिचान सहित मुद्दा पनि ठम्याउन सक्नु पर्दछ ।
गाँउमा दाइभाइ र बाबुको इज्जतको बन्धक राखेर छोरी या बहिनीको अस्मिता बेचिन्छ ।” यस्तो न्याय सम्पादन कार्य संरचनाको फेरबदलका लागि हामीले के गर्न सक्छौँ ? सोचनीय विषय छ ।
नेपालको महिला आन्दोलनको सय बर्षको समीक्षा गर्दा पहिलेदेखि उठाएका अधिकांस मुद्दा अहिले सम्ममा लगभग सम्बोधन भएका छन । अब बाँकी कुरा संविधानको संसोधन या बन्ने कानुनमा व्यवस्था गर्दा हेक्का पुर्याउन सके सुधार हुने देखिन्छ । तर तल्ला संरचनाहरुमा समस्या अझै जटिल छन् । संविधानले व्यवस्था गरेका सबै संविधानका धारा राज्यका तल्लो निकाय सम्म कानुनको स्वरुपमा या नियम/विनियम या निर्देशिकाका रुपमा गाँउले महिलाले कहिले पाउने र बुझ्ने ? यस्ता विषयहरुको प्रचार प्रसारमा को लाग्ने ? को कस्ले अधिकारको विषयमा बोल्ने ? कसरी लाग्ने ? आदि कुरा जिवितै छन् । कुनै गाँउको महिला यौन दुव्र्यव्यबहारमा पर्छे, मिलापत्र हुन्छ । कचहरीमा महिला बस्न दलको संयन्त्रमा कार्यकारी पदमा महिला छैनन् । संघ सस्थाका महिलाको उपस्थिति उनीहरुको समय र कामकाज मैत्री छैन । छलफलको सुरुवात... यति पैसा दिलाउँछुबाट हुन्छ । एक पटकलाई माफी दे । गाँउ कै छोरो भतिजो हो भनिन्छ । पिडित एक्लै हुन्छे पिडकको त्यहाँ पनि स्वर ठुलो ! भाइ, दाइ या बावु भए इज्जतको दाउ लाग्ने । आमालाई बोलाइन्न । गाँउमा दाइभाइ र बाबुको इज्जतको बन्धक राखेर छोरी या बहिनीको अस्मिता बेचिन्छ ।” यस्तो न्याय सम्पादन कार्य संरचनाको फेरबदलका लागि हामीले के गर्न सक्छौँ ? सोचनीय विषय छ ।
हाम्रा गाउँ घरहरु शहरीकरण भइरहेका छन् । हरेक परिवार टुक्रिएर एकल बन्दैछ । हिजोको जीवनयापनको शैलीमा बदलाब आएको छ । सबै सुकिलो मुकिलो र सजिलो जीवन शैलीतिर ढल्किएको शहरी जीवन त्यतिकै ब्यस्त पनि छ । छोरी बुहारीको शिक्षामा सहभागिताले महिलाहरु पनि घरबाट बाहिरिएका छन् । शिक्षाकै कारण एकअर्कामा अन्तरक्रिया भएको छ । पेसा, व्यवसाय र रोजगारीमा महिलाको सहभागिता बढेको छ । काम र कामप्रतिको जवाफदेहिता पुरुष श्रमिक भन्दा महिला श्रमिकमा लागव बढी देखिन्छ तर घर परिवार भित्रको कामको चाप, नाता सम्बन्ध र परिवारिक ब्यबस्थापनमा पुरुषको सहकार्यमा कमी रहेको कारण महिला निकै निरास पनि छन् । कार्यलयीय काम र प्रतिष्पर्धामा जानु पर्ने महिलाको आवश्यकतालाई कतिपय व्यक्ति या सहयोद्धाले अवमूल्यन गर्दै भन्ने गर्छन् ¬– “ तिमीलाई गार्हो भो, राजीनामा देउ ! तिम्रो त्यो पैसाले कति पो हुन्छ र ! त्यस्तै घर परिवार बा आमाले पनि बुहारी घर भैदिए हुने भनेका छन् । तिमी हिढ्दा सबैले कुरा काट्छन । तिमी बस्दा केटा केटीको पनि स्याहार पुग्ने ”आदि कुरा पनि निकै सुनिन्छ । यी त उदाहरण मात्र हुन् ।
माथि उठाइएका दुबै भोगाई अहिलेका महिलाका ज्वलन्त समस्या हुन् । यी र यस्ता समस्याको सम्बोधन हुने विषयहरु अबको महिला आन्दोलनका विषय हुन सक्नुपर्छ । यति लामो लडाईँ लडेर आउने योद्धाहरु अहिले महिला आन्दोलनको बाटो पहिचान गर्न नसक्ने स्थानमा पुगेको हो ? प्रश्न उठेको छ । अबका दिनमा महिलाका अधिकारका मुद्धा नै नदेखिने या महिला समस्या मै नर्पेने हो की जस्तो गरि मुद्धा नै दिग्गभ्रमित हुन खोजिरहेको जस्तो देखिन्छ । यो पटकको प्रदेससभा र केन्द्रियसभा चुनाव साथै प्रान्तीय सरकार गठनका प्रकृया र त्यो सम्बन्धमा महिला अधिकारकर्मीको मौनताले अबको महिला आन्दोलन सोचनीय श्रीङ्गागारमा पुगेको हो जस्तो लाग्छ । दलीय राजनीति भित्रका महिलाको संसदीय सहभागितामा प्रतिनिधित्व गराउने सन्दर्भमा दलको शिर्ष नेतृत्वले देखाएको बल मिच्याइ प्रवृति र महिलाको भद्रसहनशीलताले महिला आन्दोलन आन्दोलन नभएर राजनीतिक अवसर केन्द्रित मात्रै रहेछ की भनेर नयाँ पुस्ता अलमलमा परेकोछ । त्यसैले अबको महिला आन्दोलनमा नयाँ पुस्तालाई सम्बोधन गर्ने विषय र नेतृत्वमा नयाँ पुस्ताको प्रसस्त सहभागिताको आवश्यकता रहेको देखिन्छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उत्सव मनाउदै गर्दा यस्ता विषय पनि समीक्षा गर्न अभियानकर्ताले नर्विसिउन् । अन्तराष्ट्रिय । श्रमिक महिला दिवसको सबैलाई शुभकामना ।।