भीष्मको आठौं कविता सङ्ग्रह बजारमा

काठमाडौं । कवि तथा साहित्यकार भीष्म उप्रेतीको नयाँ कवितासङ्ग्रह आधा उज्यालो प्रकाशित भएको छ । भीष्मको आठौं कविताकृतिको रूपमा प्रकाशित आधा उज्यालो कवितासङ्ग्रहमा विभिन्न समय र सन्दर्भमा लेखिएका कुल ५४ वटा कविताहरू समावेश गरिएका छन् ।

मानवीय संवेदना र प्रकृतिले मान्छेको जीवनमा पारेका प्रभावलाई नजिकबाट नियालेर कविता लेख्ने भीष्मको यस पुस्तकभित्रका कविताहरूलाई देश, प्रकृति र मान्छे गरी तीन उपशीर्षकमा वर्गीकरण गरिएको छ ।

बी.बी.सी. नेपाली सेवाले गरेको कविता प्रतियोगिता २०४९ र राष्ट्रिय कविता महोत्सव २०५० मा प्रथम पुरस्कार प्राप्त गरेका भीष्मले भ्रमणबाट कविताका विषयहरूको छनौट गर्ने हुनाले उनका कविताहरू कवितामा चित्रहरूको झल्को आउँछ ।

अंग्रेजी, जापानी, कोरियाली, सर्बियाली, स्लोभेनियाली, हिन्दी, कम्बोडियाली भाषामा भीष्मका कविताहरू अनुदित छन् । प्रस्तुत कवितासङ्ग्रह सारांश, नेपालले प्रकाशन गरेको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…

कोरिया । टेलिभिजन समाचार पढिरहेको सयममा यहाँका एकजना समाचारबाचकले धेरैलाई चकित पारेका छन् । एक साता अघि कोरियन टेलिभिजन च्यानल…