दक्षिण सुडानमा ज्वरोले २८ को मृत्यु

एजेन्सी । दक्षिण सुडानको पूर्वीय भूमध्य भागमा पर्ने राज्यमा फैलिएको मस्तिष्क ज्वरोका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) दिएको जानकारीअनुसार मस्तिष्क ज्वरोबाट प्रभावित हुनेको संख्या हाल १ सय ७ पुगेको छ ।

केही दिनदेखि फैलिँदै गएको रोगको प्रकोप नियन्त्रणमा नआएमा मृत्यु हुनेको संख्या अझ बढ्ने खतरा रहेको डब्लूएचओको आपतकालीन, र सहायता प्राविधिक अधिकृत रमादान ओटीमले बताए ।

अहिले इमाटोङ प्रदेशको तोरिट जिल्लामा पर्ने लिरे र इमुरोक पायाममा मस्तिष्क ज्वरोको प्रकोप बढी फैलिएको बताइएको छ । पायाम भन्ने ठाँउ त्यस जिल्लाको दोस्रो ठूलो प्रशासनिक केन्द्र मानिन्छ ।

‘हामीलाई प्राप्त विवरणअनुसार अहिलेसम्म मस्तिष्क ज्वरोका कारण २८ जनाको मृत्यु भएको र १ सय ७ जना बिरामी भएका छन्, यी घटनाहरू टोरिटको लिरे र इमुरोक पायाममा भएका हुन्,’ ओटीमले भने ।

रोग प्रभावित ठाँउहरूमा रोगका बारेमा अनुसन्धान गर्न, पहिचान गर्न र त्यसका विरुद्धमा रोकथामका उपायहरू अपनाउन विभिन्न टोलीहरू खटाइएको उनले बताए ।

दक्षिण सुडान जस्तै अरू २६ वटा अफ्रिकी मुलुकलाई पनि ‘मस्तिष्क ज्वरोको इलाकाको रूपमा चिनिन्छ । ती देशहरूमा यस्ता सरुवा रोगहरूका कारण हरेक वर्ष धेरै जनाको मृत्यु हुने गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…