तलब धेरै भएको भन्दै चिकित्सक विरोधमा, कटौती गर्न माग

क्यानडा । आफूहरुलाई दिइएको तलब सुविधा बढी भएको भन्दै क्यानडाका चिकित्सक विरोधमा उत्रिएका छन् ।

चिकित्सकहरुले एक विरोध पत्रमा सामूहिक रुपमा हस्ताक्षर गर्दै आफूहरुलाई दिइएको सुविधा धेरै भएको बताएका छन् । आफू भन्दा तल्लो तहका कर्मचारी तथा नर्सले काम अनुसार पारिश्रमिक नपाएको तर आफूहरुलाई भने आवश्यकता भन्दा धेरै तलब दिइएको जनाएका छन् ।

प्रर्दशनमा उत्रिएका चिकित्सकहरुले विरामीले पाउनुपर्ने सुविधा पनि नपाइरहेको अवस्थामा चिकित्सकको तलब बढ्नु आश्चर्यजनक भएको बताएका छन् । साथै आफूहरुको वृद्धि गरिएको तलब कटौती गर्न पनि माग गरेका छन् । चिकित्सकहरुले ‘स्वास्थ्य क्षेत्रका श्रोतहरु सबैलाई समान रुपमा वितरण गर्ने धेरै विकल्पहरु भएको र आम नागरिकको स्वास्थ्यमा सुधार ल्याउन सक्छ भने तल्लो तहका कर्मचारीहरु पनि मारमा नपर्ने सुभाएका छन् ।

क्यानडामा एकजना चिकित्सकले वार्षिक २ लाख ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने गरेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…

कोरिया । टेलिभिजन समाचार पढिरहेको सयममा यहाँका एकजना समाचारबाचकले धेरैलाई चकित पारेका छन् । एक साता अघि कोरियन टेलिभिजन च्यानल…