दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ । शनिबार सामान्य अंकले वृद्धि भएको नेप्से आइतबार भने दोहोरो अंकले घटेर एक हजार २८४ दशमलव ९ बिन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से आइतबार ३१ दशमलव ४ बिन्दुले ओरालो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ६ दशमलव ४ बिन्दुले ओरालो लागेर २७३ दशमलव ६ बिन्दुमा पुगेको छ ।

आइतबार सबै उपसमूहका शेयर ओरालो लाग्दा बजार प्रभावित भएको हो । स्टकका अनुसार बैंकिङ २३ दशमलव १५, होटल ६३ दशमलव ५२, विकास बैंक २५ दशमलव ५२, जलविद्युत् ६४ दशमलव ६५, फाइनान्स ८ दशमलव ६८, बीमा २४३ दशमलव १८, उत्पादन ५२ दशमलव १७, अन्य १० दशमलव ७५ र माइक्रोफाइनान्स ४५ दशमलव ५२ अंकले ओरालो लागेका हुन् ।

आइतबार कूल १६० कम्पनीको सात लाख ६३ हजार ५९१ कित्ता शेयर ३२ करोड ५१ लाख रुपैयाँ नौ हजार मूल्यमा कारोबार भएको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…