मिसेस स्टेट–१ को ताज भरौलकी सम्झना बिकलाई

धरान – विवाहित महिलाको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको प्रथम मिसेस स्टेट १, २०१८ को ताज भरौलकी सम्झना विकले जितेकी छिन् । वुमन वर्थ गु्रपको आयोजनामा विवाहित महिलाले मात्र भाग लिन पाइने प्रतिस्पर्धाको शनिवार भएको फाइनलमा ३४ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै संम्झनाले मिसेस वेस्ट स्माइलको उपाधी सहित मिसेस स्टेट १ को ताज पहिरेकी छिन् ।

पहिलो चरणमा ३५ जना प्रतिस्पर्धीबाट उत्कृष्ट १२ मा पर्न सफल हँुदै फाइनल चरणमा ६ जना प्रतिस्पर्धीमध्ये पाँच जनालाई पछि पार्दै ताज आफ्नो पोल्टामा पार्न संम्झना सफल भएकी हुन् । उनले ताजसँगै नगद १ एक लाख रुपैयाँ ट्रफी, गिफ्ट ह्याम्पर र प्रमाण पत्र प्राप्त गरेका छन । प्रतियोगिताको फस्ट रनर अप ईटहरीकी कानुन कार्की भईन् भने सेकेण्ड रनर अप इटहरीकै निरा विक घोषित भईन् । फस्ट रनरअप कार्कीेले एलजि मिसेस वेस्ट पर्सनालिटिको उपाधीसँगै नगद ५० हजार रुपैयाँ हात पारिन् भने सेकेण्ड रनर अप निरा विकले हिन्वा मिसेस ट्यालेन्टको उपाधी सहित नगद २५ हजार रुपैया, ट्रफि र प्रमाण पत्र हात पारे ।

अग्रवाल र इन्डियन पेन्सन अफिस प्रमुख मेजर सुनिलकुमार पाल निर्णायकको भुमिकामा रहेका थिए । डिजे ललित राईको कोरियोग्राफिमा सहभागि ३५ जना प्रतिपर्धीहरुलाई आयोजकले तीन हप्तासम्म प्रशिक्षण दिएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…