सैनिक शिविरमा एक हजार जनाले गराए स्वास्थ्य परीक्षण

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित १८ नम्बर बाहिनी नेपाली सेनाले सञ्चालन गरेको तीनदिने स्वास्थ्य शिविरमा भूतपूर्व सैनिक र तिनका परिवार तथा बहालवाला सैनिक र तिनका परिवार गरेर एक हजार ३८ जनाले स्वास्थ्य जाँच तथा उपचार गराएका छन् ।

फगुन २५ गतेदेखि भुल्केस्थित नेपाली सेनाको क्याम्पमा २७ गतेसम्म सञ्चालन गरेको स्वास्थ्य शिविरमा विभिन्न रोग हाडजोर्नी, आँखा, ग्यास्ट्रिक, प्रेसर, मानसिक रोग, पिसाब पोल्ने भुँडी दुख्ने पायल्सलगायतका रोगसँग आबद्ध रोगीको स्वास्थ्य परीक्षणसहित उपचार गरिएको १८ नम्बर बाहिनी नेपाली सेना भुल्केले बताएको छ ।

उपचारका क्रममा नेपाली सेना शेर दल गण खोटाङ, अमर दल गुल्म सोलुखुम्बु, शमशेर दल गण ओखलढुंगा तथा सार्दुल गण उदयपुर गाईघाटलगायत आबद्ध भूपू तथा बहालवाला सेना र तिनका परिवार तथा आफन्तको उपचार गरिएको १८ नम्बर बाहिनी भुल्केका क्याप्टेन तथा उपचारमा संलग्न डा प्रह्लाद मेहताले बताए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…