प्रधानन्यायधीश पराजुली काण्डः फेरी अर्को विवादमा तानिए

काठमाडौं ।एक पछि अर्को काण्ड व्यहोर्दै आएका सर्वोच्च अदालतका प्रधानन्यायधीश गोपालप्रसाद पराजुली सोमबार देखि पुनः अर्को विवादमा तानिनु भएको छ ।

प्रधानन्यायधीश पराजुलीको गत साउनमै अवकास भएको रहस्य खुलेको छ । सोमबार मात्रै न्यायाधीश चोलेन्द्रसमशेर राणाले पराजुलीको गत साउनमै अवकाश भएको भन्दै पूर्ण इजलास बहिस्कार गर्नुभयो । आफूहरुले हिजोमात्रै प्रधानन्यायाधीश पराजुलीका प्रमाणपत्र र उमेरसम्बन्धी कागजात मगाएर हेरेको राणाले बताउनुभयो । कागजात हेर्दाखेरि पराजुलीले गत साउनमै अवकाश पाइसकेको प्रष्ट भएको राणाले भनाइ छ ।

कान्तिपुर पब्लिकेशन र डा. गोेविन्द केसीविरुद्ध परेको अदालतको अवहेलनाको मुद्दा पराजुलीले आफू नेतृत्वको पूर्ण इजलासमा राख्नु भएको थियो । इजलासमा न्यायाधीशहरु पराजुलीसँगै ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र तेजबहादुर केसी रहनु भएको थियो ।

साउनमै अवकाश पाइसकेका पराजुलीसँग बसेर मुद्दा नहेर्ने समेत न्यायधीश राणाले बताउनुभयो । जन्ममिति र शैक्षिक प्रमाणपत्रको विवादमा तानिएका पराजुलीलाई अहिले आएर अर्को चुनौती थपिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…