काठमाडौ । त्रिभुवन अन्र्तराष्ट्रिय विमान भएको एयर बंगला विमान दुर्घटनामा कम्तीमा ४९ यात्रुको मृत्यु भएको पृष्टि भएको छ । मृतककाे संख्या अझै बढ्न सक्ने स्थित देखिएकाे छ । दुर्घटनामा २५ जना नेपाली परेका छन् । चालक दलका ४ सदस्य मध्ये ३ जनाको मृत्यु भएको छ
दुर्घटनामा नेपालीहरु ३५ वर्षीय हरिशंकर पौडेल, ३० वर्षीया साजना देवकोटा, ८० वर्षका प्रवीण चित्रकारको मृत्यु भएको सिंनामंगलस्थित काठमाडौ शिक्षण अस्पातालले पुष्टि गरेको छ । अस्पतालले सहचालक पृथवी ससिदको मृत्यु भएको पुष्टि गरेको छ। बंगलाका नागरिक रक्कीपुल अहसन र क्वामाहसन मोहमदको मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यसमा धेरै बंगलदेशमा अध्ययनरत विद्यार्थी परेका छन् । घाइतेको सिनामंगलस्थित काठमाडौ शिक्षण अस्पपालमा उपचार भइरहेको छ ।
अस्तपालमा भर्ना गरिएका मध्ये केहीको अवस्था गम्भीर छ । मृतक अझै बढ्न सक्ने स्थिति देखिएको छ । विमानमा ७० यात्रु थिए ।
प्रधानमन्त्री केपी ओलीले घटनास्थल अवलोकन गर्नु भएको छ । प्रधानमन्त्री अाेलीले शिक्षाण अस्पतालमा घाइतेकाे अवस्था बुझ्रनु भएकाे छ । प्रदेश नम्बर ३ का प्रमुख अनुराधा काेइराला समेत अस्पतालमा पुग्नु भएकाे छ । त्यसअघि उद्योगमन्त्री मात्रिका यादव पनि घटना स्थल पुग्नु भएको थियो ।
विमान धावन मार्गबाट पूर्व पेप्पीकोतर्फ करिब ५ सय मिटर पर पुगेर धस्सिएको छ । विमान दुर्घटना भए लत्तै नेपाली सेना र प्रहरीको उद्धार टोली उद्धारमा सटिएका थिए ।
विमान २ः२० मा अवरण हुनुपर्ने थियो तर एयर ट्राफिकको कारण आकासमा एक चक्क र लगाएर २ः४० मा अवतरण भएको थियो ।
विमान स्थल प्रशासनले विमान कन्ट्रोल रुमको आदेश विपरित ल्याण्डिङ्ग गरेको दाबी गरेको छ ।प्रारभिक उद्दारपछिको पत्रकार सम्मेलन गरेर विमानस्थल प्रमुख राजेन्द्र क्षेत्रीले कन्ट्रोल रुपले दक्षिणबाट ल्याण्ड गर्न अनुमति दिएको तर चालक दलले त्यसलाई बेबास्ूता गर्दे उत्तरबाटै ल्याण्ड गरेको बताउनु भयो । ‘तर पाइलटले विमान उत्तरतिर उडायो र त्यहीबाटै ल्याण्ड गर्छु भन्यो’ क्षेत्रीले सुनाउनु भयो