विमान दुर्घटना अपडेट : ४३ को मृत्यु, २८ जनाको उपचार हुँदै, एकको अवस्था अज्ञात

केएमसीमा १८, नर्भिकमा ६ र अन्य शिक्षण अस्पतालमा

काठमाडौ ।एयर बंगला विमान दुर्घटनामा पछिल्लो तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ४३ पुगेको छ । विमानमा चालक दलका ४ सहित ७१ थिए । दुर्घटनाका २८ जनाकाे घाइतेको सिनामंगलस्थित काठमाडौ शिक्षण अस्ताल र थापाथलीस्थित नर्भिक, ग्राण्डी, न्युराे, मेडिसिटी र महाराजगंजस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको त्रिभुवन विमानस्थल रेस्क्यु को–अर्डिनेशन सेन्टरले जनाएको छ । नर्भिकमा नेपालीहरु बसन्त बोहरा, सोनाम शाक्य, आशिष रञ्जित, विनोदराज पौडेलसहित ६ जनाको उपचार भइरहेको छ ।

एक बंगलादेशका यात्रुको भने नाम खुलेको छैन । घाइते मध्ये विनोदराज र बंगलादेशका यात्रुको स्थिति गम्भीर रहेको अस्पतालले जनाएको छ । काठमाडाैं शिक्षणबाट  २ जना ग्राण्डीमा स्थान्तरण गरिएकाे छ । अर्काे एक जनालार्इ मेडिसिटी र एक जनालार्इ न्यूराे पठाइएकाे शिक्षणले जनाएकाे छ ।

घाइते मध्ये विनोदराज र बंगलादेशका यात्रुको स्थिति गम्भीर रहेको अस्पतालले जनाएको छ । अन्यको महाराजगंजस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…