कैलालीकाे घाेडाघाेडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार


कैलाली– घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमथि गोली प्रहार भएको छ। घरमै बसिरहेका बेला सोमबार साँझ चौधरीमाथि आक्रमण भएको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ।

उनको कम्मरमुनि गोली लागेको र टाउकोमा खुकुरी प्रहार भएको प्रहरी निरीक्षक कर्णसिंह कार्कीले बताए। घाइते चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। आक्रमणकारीको पहिचान खुल्न सकेको छैन।

प्रारम्भिक अनुसन्धानअनुसार बोक्सी आरोपमा राधा चौधरीमाथि कुटपिट गर्नेलाई जोगाउन खोजेका मेयर चौधरीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ।

गत बिहीबार घोडाघोडीमै राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झाँक्री रामबहादुर चौधरीले दुर्व्यबहार गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको समाचार आएपछि उनी विवादित बनेका थिए। मेयर चौधरीले राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्ने दोषीहरुलाई प्रहरीबाट छुटाउन खोजेका थिए।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…