गिद्ध संरक्षण गर्न अभियान

नवलपरासी । गिद्ध संरक्षणका लागि नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लामा गिद्ध संरक्षणका अभियान चलाइएको छ ।

कावासोती नगरपालिका–८ मा गिद्धलाई आहार जुटाउनका लागि जटायु रेष्टुराँ नाम नै राखी गिद्ध संरक्षण गरिँदै आएको छ । युएनडिपीको स्मल ग्रान्ट्स प्रोग्राम (एसजिपी) ले आर्थिक सहयोग गरेपछि यसरी गिद्धको संरक्षण शुरु भएको जटायु रेष्टुराँ व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर चौधरी बताए ।

बूढा गाईगोरुलाई गिद्धको आहारा बनाई रेष्टुराँ नै बनाइएको छ । चौधरीका अनुसार गिद्ध संरक्षण गर्नका लागि चितवनको कसरामा रहेको प्रजनन केन्द्रबाट गिद्धलाई नवलपुरको प्रकृतिमा छाडेर वातावरणअनुसारको स्थानमा संरक्षण गरिएको छ ।

शुरुमा ७२ गिद्ध रहेको सो स्थानमा हाल एसजिपीको सहयोगमा गाउँले संरक्षणमा लागेपछि २ सय १७ सम्म गिद्ध गणना गरिएको चौधरीले जानकारी दिए । हाल त्यहाँ पर्यटकको आवागमन पनि बढेको छ । पर्यटकले गिद्धको अध्ययन गर्नाका साथै जिप सफारी गरेर घाँसे मैदान, गैँडा, हात्ती, बाघलगायत जंगली जनावर हेरेर रमाउने गर्छन् । गिद्धको अध्ययन गर्नकै लागि भनेर जीवशास्त्रका विदेशी विद्यार्थी पनि यहाँ आउने गरेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…