झापाका सुन व्यवसायी हत्याको विरोधमा बिर्तामोड बन्द

झापा । सुन व्यवसायी साजन मुखियाको हत्याको विरोधमा बिर्तामोडका व्यवसायीले आज एक दिनका लागि बिर्तामोड बजार बन्द गराएका छन् । सुनचाँदी व्यवसायी संघ र बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा बजार बन्द गरिएको हो ।

दुई वर्षदेखि बिर्तामोडमा सुनचाँदीको पसल सञ्चालन गर्दै आएका २६ वर्षीय मुखियाको हत्या भएको छ । मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा भेटिएको प्रहरीले जनाएको छ ।

बिर्तामोडमा रहेको देवा ज्वेलर्सका सञ्चालक साजन २० फागुनदेखि बेपत्ता थिए । प्रहरीले उनको शव मेची राजमार्गदेखि ५० फिट तल बोरामा बाँधेर फ्याँकिएको अवस्थामा फेला पारेको थियो ।

घटनामा संलग्न भएको आशंका प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान पूरा भएपछि उनीहरुलाई सार्वजनिक गरिने इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…