राष्ट्रपति निर्वाचनमा मतदान सकियो, ८६३ मत खस्याे

काठमाडौ । राष्ट्रपति निर्वाचनमा मतदान सकिएको छ । मुलुकको तेस्रो राष्ट्रपतिको लागि मंगलबार भएको  कुल ८ सय ८० मतदाता मध्ये ८ सय ६३ मत निर्वाचनमा खसेको छ ।

मतदानमा संघीय संसदमा ४ र प्रदेशसभामा १३ मतदाता अनुपस्थित भएका छन् ।  निर्वाचनमा संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ मतदाता थिए । कानुनले संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसद्का ३ सय ३४ र सातवटै प्रदेशसभाका ५ सय ५० सदस्य मतदाता हुने व्यवस्था छ ।

निर्वाचनमामा वाम गठबन्धनबाट राष्ट्रपति विद्यादेवी भण्डारी पुन उम्मेदवार बन्नु भएको छ । नेपाली कांग्रेसले कुमारीलक्ष्मी राईलाई उठाएको छ ।  राष्ट्रपति भण्डारीको पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीय तथा प्रदेश सांसदहरुले मतदान गरेका छन् ।

निर्वाचन आयोगले मतदानको लागि बिहान १० देखि दिउँसाे ३ बजेसम्मको लागि समय अवधि तोकेको थियो । मतगणना मंगलबार नै गर्ने कार्यक्रम छ । राष्ट्रपतिमा भण्डारी नै विजयी हुने निश्चित छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…