राष्ट्रियसभा बैठक आज, अध्यक्षमा निर्वाचित भएको घोषणा गरिने

काठमाडौं । आज बस्ने राष्ट्रयसभा बैठकले राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित भएको औपचारिक घोषणा गरिने भएको छ ।

सोमबार भएको अध्यक्ष पदको मनोनयन दर्तामा नेकपा एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको थियो । अरु कसैको उम्मेदवारी नपरेका कारण उनी राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वा्चित भएको घोषणा बुधबारको बैठकबाट गर्न लागिएको हो । त्यसका लागि बुधबार दिउँसो एक बजे राष्ट्रियसभाको बैठक बोलाइएको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा नेकपा एमालेका २७, नेपाली कांग्रेसका १३, नेकपा माओवादी केन्द्रका १२, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दुई–दुई जना र राष्ट्रपतिबाट मनोनित तीन जना सदस्य छन् ।

यस्तै राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आगामी चैत ४ गते हुने भएको छ । राष्ट्रियसभाको अध्यक्ष पुरुष निर्वाचित भएकाले उपाध्यक्ष महिला हुनुपर्ने व्यवस्था छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…