प्रमोदकुमार साह
धनुषा । हंसपुर नगरपालिकामा मेयर र उपमेयर बीच आ–आफ्नो अधिकारका बिषयमा घम्सा घम्सी भएको छ ।
नगरपालिकाको कार्यालय सार्ने विषयमा मेयरले सबै अधिकार आफनो रहेको बताएपछि उपमेयरले कार्यालयमा तालावन्दीको चेतावनी दिएपछि मेयर र उपमेयरको छताछुल्ल भएको हो ।
हंसपुर नगरपालिकाको कार्यालय बघचौडा टोलमा मेयर रामज्ञान मण्डलले कार्यपालिकाको दुइतिहाई बहुमत आफ्नो पक्षमा रहेको भन्दै नगरपालिकाको कार्यालयलाई बघचौडा टोलबाट निकाल टोलमा सार्ने प्रयास गरेपछि नगरपालिकाको कार्यालयमा झडप भएको छ ।
उपमेयर रेणु झाका अनुसार मेयरले कुनै पनि निर्णय गर्दा आफु खुसी गर्दै आएको र कुनै पनि बैठकको जानकारी समेत आपूलाई नदिएको भन्दै आपत्ती जनाएपछि मेयर र उपमेयर बीच हातहालाहाल भएको हो । कार्यालय सार्ने विषयमा कसैलाई जानकारी नदिएको भन्दै स्थानियले नगरपालिकाको कार्यालयमा तालावन्दी गरेका छन् ।
कार्यालय सार्ने विषयलाई लिएर मंगलवार नगरपालिकाको कार्यालयमा बसेको वैठकमा उपमेयर झाले मेयरले आफू अनुकुल एकलौटी निर्णय आएको आरोप लगाइन् । उनले भनिन, ‘मेयर मण्डलले गोप्यरुपमा कार्यपालिका दुइतिहाई बहुमत वनाएर कार्यालय सार्ने प्रपंच गरेका छन् ।’ मेयरले आफू अनुकुलका वार्ड सदस्यहरुसँग हस्ताक्षर गराएर कार्यालय सार्ने विवाद तानेको आरोप उपमेयर झाले लगाइन ।
नगर परिषदमा साढे तीनलाख खर्च गर्ने बजेट पास गरिए पनि पाँच लाख खर्च भएको थियो डेढलाख कुन स्रोतबाट जुटाएर चुक्ता गरिएको हो मेयरले नखुलाएको उपमेयर झाले बताइन् । उनले परिषदमा प्रस्ताव गरिएको योजनालाई हटाएर नक्कली बैठक पुस्तिकामा निर्णय गरी कार्यपालिकामा प्रस्तुत गर्दा विवाद भएर योजना स्विकृत हुन नसकेको उपमेयर झाको आरोप छ ।
यता मेयर रामज्ञान मण्डलले कार्यपालिकाको १८ जना सदस्य मध्ये ९ सदस्य कार्यालय सार्ने पक्षमा रहेको बताए । मेयरका अनुसार स्थानिय सरकार सञ्चालन ऐन अनुसार एकतिहाई बहुमत पुगेमा कुनै पनि निर्णय गर्न सकने अधिकार रहेको बताए । उनले जनताको सुविधा अुनसार कार्यालय स्थापना गर्न सकिने मेयर मण्डलले बताए ।
बिवाद पछि नगरपालिकाका वार्ड अध्यक्षहरु दुई खेमामा विभाजित कराउन थालेपछि दुई पक्षका बीचमा हात हालाहाल भएको थियो । स्थिती तनावग्रस्त भएपछि मेयर मण्डल प्रहरी सुरक्षाका बीचमा नगरपालिकाको कार्यालयबाट बाहिरिएका थिए । नगरपालिकाको मेयर उपमेयर दुवै राष्ट्रिय जनता पार्टी नेपालका हुन् ।