गोंगबु प्रहरीले गर्यो घरेलु मदिरा नष्ट

काठमाडौं । महानगरीय प्रहरी प्रभाग गोंगबुले ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ ।

प्रभागले गोंगबु बसपार्क क्षेत्रका विभिन्न भट्टी तथा होटलमा छापा मार्दा फेला परेको अवैध एक हजार लिटर मदिरा बुधबार विहान नष्ट गरेको हो ।

प्रभागका प्रमुख प्रताप पौडेलले गोंगबु क्षेत्रलाई घरेलु मदिरा मुक्त क्षेत्र बनाउने योजना अनुसार शुरु भएको अभियानमा एक हप्तामा तीन हजार लिटर घरेलु मदिरा नष्ट गरिएको जानकारी दिए ।

‘मदिरा मुक्त क्षेत्र बनाउन टोल सुधार समिति, महिला समूह र स्थानीय प्रतिनिधीको रोहवरमा मदिरा नष्ट गरेका हौं,’ उनले भने । घरेलु मदिरा सेवनसँगै आवेशमा आएर अपराधजन्य घटना घट्ने भएकाले उक्त मदिरा नष्ट गरिएको प्रभागले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…