राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सना निर्विरोध

काठमाडौ । संघीय संसदको राष्टिप्यसभाको अध्यक्षमा वाम गठबन्धनका उम्मेदवार गणेशप्रसाद तिमिल्सना निर्विरोध हुनु भएको छ । राष्ट्रियसभाको बुधबारकाे बैठकबाट तिमिल्सिना निर्वाचित हुनु भएको हो ।

राष्ट्रियसभा अध्यक्षका लागि तिमिल्सिनाको उम्मेदवारीमा खिमलाल भट्टराई प्रस्तावक तथा सुमनराज प्याकुरेल र दिनानाथ शर्मा समर्थक हुनुहुन्थ्यो ।

बुधबारको बैठकमा अध्यक्षता गर्नुभएकी जेष्ठ सदस्य तारादेवी भट्टले राष्ट्रियसभाको अध्यक्ष पदमा गणेशप्रसाद तिमिल्सिनालाई निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्तावको सुचना प्राप्त भएकाले राष्ट्रियसभाको अन्तरिम कार्यविधिको दफा ६ को उपदफा ३ बमोजिम राष्ट्रियसभा अध्यक्षमा र्निविरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो

तिमिल्सिनाले नेकपा एमाले पोलिटव्युराे सदस्य तथा  प्रदेश  ४ का सहसंयोजककाे जिम्तमेवारी समालिसक्नु भएकाे छ  ।

राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन चैत ४ गते हुने भएको छ । अध्यक्ष पुरुष भएपछि उपाध्यक्ष महिला हुनुपर्ने  प्रावधान छ । राष्ट्रियसभाको अध्यक्ष एमालेले पाएपछि उपाध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको छ । उपाध्यक्षमा संघीय समाजवादी फोरमले पनि दावी गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…