पूर्व प्रधानन्यायाधीश कार्कीले भनिन्, न्यायपरिषद्ले प्रधानन्यायाधीशलार्इ हटाउन सक्छ

काठमाडौं। पूर्वप्रधानन्याधीश सुशीला कार्कीले न्यायपरिषद्ले प्रधानन्याधीशलाई हटाउन मिल्ने बताउनु भएको छ ।

‘न्यायपरिषद्ले प्रधानन्यायाधीश हटाउन वा फेर्न सक्छ’ पूर्व प्रधानन्यायधीश कार्कीले बुधबार बिबिसीसँगको अन्तरवार्तामा भन्नुभयो, ‘न्यायपरिषद्ले प्रधानन्यायधीश हटाउँदा त्यस बारेमा अनावश्यक बहस वा विवाद गर्नु आवश्यक छैन ।’

पूर्व प्रधानन्यायधीश कार्कीले त्यसरी विवाद भएपछि पराजुली पदमा बस्नु उपयुक्त नभएको बताउनु भयो । ‘त्यस्तो विवाद भइसकेपछि बसिरहनु राम्रो होइन’ उहाँले भन्नुभयो,‘मैले भए राजीनामा दिन्थे ।

एकपछि अर्को विवारमा पर्दै गएका प्रधानन्याधीश पराजुलीलार्इ न्यायपरिषद्ले  बर्खास्त गरेको छ । एसएलसीको शैक्षिक र जन्ममिकिो विवादमा परिरहेका पराजुलीको सोमबारदेखि फेरि अर्को विवाद थपिएको छ ।

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश चोलेन्द्रशम्शेर राणाले प्रधानन्यायाधीश पराजुलीको गचत साउनमै अवकाश भइसकेको जाउँदै सोमबार इजालश बहिष्कारको घोषणा गर्नु भएको थियो । त्यसपछि मंगलबार ६ जना न्यायाधीशले इजालश अस्वीकार गरे । बुधबार पनि ८ जना न्यायाधीशले इजालश अस्वीकार गरेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…