पुलिस क्लब तिलोत्तमा गोल्डकपको फाइनलमा पुग्यो

बुटवल । नेपाल पुलिस क्लव २०औं तिलोत्तमा गोल्डकप फुटवलको फाइनलमा पुगेको छ ।  बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक रुपन्देही–११ लाई सडन डेथमा ४–३ ले हराउँदै पुलिस फाइनलमा पुगेको हो ।

बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीमा पुगेको थियो ।
पेनाल्टीमा पनि ३–३ को बराबरी भएपछि सडन डेथमा पुगेको खेलमा नेपाल पुलिस विजयी भएको हो ।

विहीबार दोस्रो सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लव र थ्रीस्टार क्लवबीच खेल हुनेछ । रुपन्देही फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले ७ लाख ७७ हजार ७ सय ७७ र उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पाउनेछन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…