लनटेबल टेनिसमा ताम्राकारले पाए उपाधि

काठमाडौं । दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता अन्तरगत ६५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको उपाधि काठमाडौंका ज्ञानेन्द्रमान ताम्राकारले हात पारेका छन ।

सशस्त्र प्रहरी वल केन्द्रीय खेलकुद समितिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत ६५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फ बुधबार भएको फाइनलमा दिपक श्रेष्ठलाई ४–० र ४–२ ले पराजित गरी ज्ञानेन्द्रमान ताम्राकार उपाधी जित्न सफल भए ।

५५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको उपाधि भने मकवानपुरका कमल थापाले जिते । फाइनलमा ललितपुरका कृष्णराज घलेलाई २–६, ६–२ र १०–८ ले पराजित गरी थापा उपाधी चुम्न सफल भए ।

३५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फ रोहित सुनुवार प्रथम भएका छन् । काठमाडौंकै राजु श्रेष्ठलाई ६–४ र ६–३ ले पराजित गरी रोहितले प्रथम स्थान हासिल गरे ।

बुधबार सम्पन्न लनटेनिसको पुरुष एकलतर्फको सेमिफाइनल खेलमा ललितपुरका जितेन्द्र परियारले ललितपुरकै सन्तोष खत्रीलाई ६–२ र ६–३ ले तथा त्रिभुवन आर्मी क्लवका प्रनभ खनालले पोखराका प्रदिप खड्कालाई ६–०, ४–६ र ७–५ ले पराजित गरी फाइनलमा स्थान बनाएका छन ।

लनटेनिस प्रतियोगितामा समावेश दशवटा इभेन्ट्सहरुमा ९ जना महिलासहित कूल १ सय ४५ जना खेलाडीहरुकोे सहभागिता छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…