बंगलादेशका मन्त्रीले आँशु झार्दै भेटे प्रधानमन्त्री ओलीलाई

काठमाडौंं । प्रधानमन्त्री केपी ओलीसँग बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री एकेएम शाहजान कमालले  बुधबार शिष्टाचार भेट गर्नुभएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको  भेटमा बंगलादेशका मन्त्री कमालले विमान दुर्घटना सम्झदै अाँशु झारे ।  भेटमा प्रधानमन्त्री अाेलीले सोमबार भएको युएस बंगलाको विमान दुर्घटना दुःखद् भएको र घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन गरिएको बताउनुभयो ।

मन्त्री कमालसँगकाे भेटमा प्रधानमन्त्री ओलीले विमान दुर्घटनामा  ज्यान गुमाएकाहरूका अाफन्तप्रति  हार्दिक समवेदना र सहानुभूति  प्रकट गर्नुभएकाे प्रधानमन्त्रीका प्रेस संयाेजक चेतन अधिकारीले जानकारी गराउनु भएकाे छ ।

मन्त्री कमालले नेपाल सरकारले विमान दुर्घटनापछि घाइतेको उद्धार र उपचारमा देखाएको सक्रियताको प्रशंसा गर्नुभएको थियो ।

दुर्घटनालगत्तै  सरकारले उद्धार कार्यमा देखाएको तदारुकताका लागि बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले प्रधानमन्त्री ओलीलाई कृतज्ञतासहित धन्यवाद ज्ञापन गर्नुभएको मन्त्री कमालले जानकारी गराउनु भयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…