Logo कार्तिक ९, २०७७ आइतबार


बार एसोसिएसनको १४ औं राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडाैं । कानुन व्यवसायीको छाता संगठन बार एसोसिएसन राष्ट्रिय सम्मेलन आजदेखि नेपालगञ्जमा हुँदै छ । सम्मेलनमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मुद्दाले प्राथमिकता पाएको छ ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमनलाई लिएर मुलुकमा बहस चलिरहेका बेला शुक्रबार सुरु हुने राष्ट्रिय सम्मेलनमा बारले स्वतन्त्र न्यायपालिकाको मुद्दालाई प्राथमिकतामा राखेको बताएको छ ।

सम्मेलनमा मुलुकभरका करिब ३ हजार कानुन व्यवसायी सहभागी हुनेछन् । पूर्वप्रधानन्यायाधीश पराजुलीको जन्ममिति विवादबारे मौन बसेको भन्दै बारले चर्को आलोचना खेपेको थियो । बारको भूमिकाप्रति प्रश्न उठिरहेकै बेला नेपालगन्जमा १४ औं राष्ट्रिय सम्मेलन हुन लागेको हो ।

सम्मेलनको मुख्य नारा ‘स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिकाप्रति प्रतिबद्धताः कानुन व्यवसायीको पेसागत दक्षता एवं सुनिश्चितता’ तय गरिएको छ । तीनदिने सम्मेलनमा १० वटा विषयमा प्यानल बनाएर छलफल गरी नेपालगन्ज घोषणापत्र जारी गरिनेछ ।

कानुन व्यवसायलाई आत्मनिर्भर, व्यावसायिक, दक्ष र मर्या्दित एवं विश्वसनीय कसरी बनाउने, स्वतन्त्र न्यायपालिकाभित्र र बाहिर संवैधानिक संस्थाले गर्ने आक्रमणबाट न्यायपालिकालाई कसरी जोगाउनेलगायत विषयमा छलफल हुने आयोजकले जनाएक छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम…

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

'कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन' मन्त्री भुसालले गुनासो गर्नुभयो ।