Logo कार्तिक ९, २०७७ आइतबार


ट्रकको ठक्करले एकको मृत्यु

चितवन । चितवनको नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१९ स्थित जुगेडीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ५९१७ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँ बस्ने स्थानीय ६३ वर्षीय वीरबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार साँझ ७ बजेको समयमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचारका क्रममा राति १२ बजे मृत्यु भएको हो ।

ठक्कर दिने ट्रकका चालक नियन्त्रणमा रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम…

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

'कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन' मन्त्री भुसालले गुनासो गर्नुभयो ।