सन्दर्भ भारत भ्रमणः पुरानै परम्परा पछ्याउँलाउन् ओलीले ?

चमिना भट्टराई

काठमाडौं । नेपालमा बन्ने अधिकांश प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाट हुँदै आएको भएपनि प्रधानमन्त्री ओली भारत भ्रमण जान्छन् वा भारतवाट नेपालमा उच्चस्तरीय भ्रमण गराउँछन् भन्ने चासो उत्पन्न भएको छ ।

पुरानै परम्परालाई पछ्याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो विदेश भ्रमण भारत सुरु गर्न लागेको कुराले निकै चर्चा पाएको छ । दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो विदेश भ्रमण भारत वा चीन कहाँबाट आरम्भ होला भन्ने जिज्ञासाबीच प्रधानमन्त्री ओलीको भ्रमण भारतबाट हुन लागेको बताइएको छ । पत्रपत्रिकामा चर्चा चलेपनि जिम्मेवार अधिकारीहरु भने अझै मौन छन् ।

नेपालमा बन्ने हरेक नयाँ प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत होस भन्ने भारत सरकारको चाहना रहने गरेको छ । अहिलेसम्मको नेपालका प्रधानमन्त्रीहरुले गर्ने गरेको विदेश भ्रमण पनि त्यहि अनुसार भएको छ ।

यद्यपी ओली पहिलो पटक प्रधानमन्त्री भएका समयमा भारतसँग चिसीएको सम्बन्धका कारण उनको यो कार्यकालको पहिलो भ्रमण भारत नहोला भन्ने धेरैको अनुमान रहेको छ । उनी यस पटक सन्तुलित विदेश नीतिको पक्षमा रहेको प्रधानमन्त्री स्वयंका अभिव्यक्तिवाट देखिन्छ । चिसिएको भारतसँगको सम्वन्ध सुधारकाे प्रारम्भ भएवाट नेपाल सन्तुलित परराष्ट्र सम्बन्ध पक्षमा रहेको देखाउँछ ।

प्रधानमन्त्री सचिवालयले प्रधानमन्त्री ओली भारत जाने निश्चित भए पनि मिति भने तय नभएको जनाएको छ । तर, कार्यालयले भने भ्रमणको तयारी सुरु गरिसकेको छ ।

प्रधामन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको आमन्त्रणमा भारत भ्रमणको तयारी गरेका हुन् । प्रधानमन्त्रीले चैत मसान्तभित्र भारत भ्रमण गर्ने सम्भावना रहेको प्रधानमन्त्री सचिवालयको भनाई रहेपनि आधिकारिक पुष्टि हुन बाँकी छ ।

प्रधानमन्त्री नियुक्त हुनुअघि नै भावी प्रधानमन्त्रीका रूपमा मोदीले ओलीलाई टेलिफोन मार्फत बधाई दिएका थिए । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माघ १८ गते नेपालमा आएर उच्च स्तरीय भेटघाट गरी ओलीलाई प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्न निम्ता दिएकी थिइन् ।

पहिलो पटक प्रधानमन्त्री भएका बखत ओलीले २०७२ फागुन ७ देखि ११ गतेसम्म भारत भ्रमण गरेका थिए । फागुन ३ गते प्रधानमन्त्रीको दोस्रो पटक शपथ लिएका ओलीले पहिलो भ्रमण भारतबाट गर्ने वा छिमेकी मुलुक चीनबाट सुरु गर्ने भन्ने विषय चर्चामा रहँदै आएको थियो । परराष्ट्र मन्त्री भए लगतै प्रदीप ज्ञवालीले छिमेकी मुलुकका प्रमुखको महत्वपूर्ण भ्रमण चैत मसान्तभित्र हुने बताएका थिए ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि पाकिस्तानका प्रधानमन्त्री साहिद खान अब्बासी बधाई दिन नेपाल आएका थिए । प्रधानमन्त्री ओलीलाई बधाइ दिन अब्बासी नेपाल आउनुलाई पनि भारत र चीनसँग आउने दिनमा हुने सम्बन्धका रुपमा हेरिएको थियो ।

पाकिस्ताका प्रधानमन्त्री अब्बासीले नेपाल भ्रमणका समयमा चीनसँगको सम्बन्धलाई निरन्तरता दिन दिएको सुझावले भारतसँगको सम्बन्ध के होला भनिएको थियो ।

प्रधामन्त्रीको सचिवालयले भ्रमणको तयारी गरिहेको जानएको बेला परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक जानकारी मन्त्रालयमा नआएको जनाएको छ । दुई जिम्मेवार ठाउँबाट फरक फरक धारण आएकाले उनको भारत भ्रमण हुने बिषयमा अन्यौल देखिएको छ ।

प्रधानमन्त्री ओलीले भने प्रधामन्त्री भए लगतै आफू निकटहरुसँगको भेटमा आफू चीन वा भारत कुनै पनि देशको पहिला भ्रमण नगर्ने बताएको उनीनिकट स्रोतको भनाई छ । ‘म किन जाने ? सधै हाम्रो भ्रमण पहिला हुनुपर्छ भन्ने छ ? उनीहरु पनि हाम्रो देशमा आउँदा हुन्छ नी,’ उनले भेटमा यस्तो भनेको स्रोतको भनाई छ ।

यतिवेला नेपालका मन्त्रीहरु भारतको भ्रमणमा छन् । लगातार नेपाली मन्त्रीहरु भारत भ्रमणमा निस्कनुले पनि प्रधानमन्त्रीको भारत भ्रमणको चर्चा चलेको हो । यद्यपि भ्रमण कहिले हुने, हुने नहुने र के के एजेण्डामा हुने , नेपालका प्रधानमन्त्री जाने वा विदेशी राष्ट्र प्रमुख वा प्रधानमन्त्री नेपाल आउने भन्ने टुंगो लाग्न अझै केहि समय कुर्नु पर्ने देखिन्छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…