सपनामा आफ्नै विवाह भएको देख्दा शुभ हुन्छ की अशुभ ?

काठमाडौँ । सपना देख्नु स्वभाविक हो कति राम्रा देखिन्छन् कति नराम्रा सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन । अधिकांशका धेरै सपना अधुरा नै रहन्छन् । हामीले देख्ने सपना कहीँ न कहीँ बिपनासँग पनि जोडिएको हुन्छ । कति सपना निदाउँदा देखिन्छ भने कति सपनाले निदाउँनै दिँदैन । हामीले देख्ने सपनाको दैनिक जीवनमा शुभ अशुभ संकेत गर्छ भन्ने जनविश्वास छ । यहाँ हामीले सपनामा  विवाह भएको देख्दा ज्योतिष शास्त्र अनुसार शुभ अशुभ के संकेत गर्छ भनेर चर्चा गर्ने प्रयास गरेका छौँ ।

यदि काेही ब्यक्ति सपनामा बिवाह वा त्यससँग सम्बन्धित अन्य कुनै बस्तु देख्दछ भने त्यसको शुभ र अशुप दुबै अर्थ हुन्छ । सपनामा आफ्नै विवाह भएको देख्नुभयो अथवा साथी, नातेदार कसैको विवाह भएको देख्नु भयो भने यस्तो सपनाको शुभ संकेत मानिदैन । यस्तो सपना देख्दा तपाईँको काममा कुनै बाधा आउनसक्ने संकेत दिन्छ ।

यदि तपाईँले कोही महिलाको विवाह हुँदै गरेको देख्नुभयो भने यो तपाईँको लागि शुभ संकेत हुने विश्वास गरिन्छ । यस्तो सपना देखे तपाईँको जीवनमा छिट्टै खुशी आउनेवाला छ भनेर बुझिन्छ । तर बेहुली रुँदै गरेको देख्नुभयो भने त्यसलाई अशुभ मानिन्छ ।
यदि कोही केटी आफ्नो सपनामा प्रेमीले अर्कै केटीसँग विवाह गरेको देख्नुभयो भने मान्नुस त्यसको विवाह छिट्टै हुन्छ । विवाहका गहना देखे पनि छिट्टै विवाह हुने संकेत बुझिन्छ । तर सबैलाई यो भविश्वाणी अनुसार मिल्छ नै भन्ने हुँदैन तर सपनाका धेरै अर्थ लगाउने हाम्रो नेपाली समाजमा पनि चलनमा छ । एजेन्सीकाे सहयाेगमा 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…