श्रीमान जब विदेशबाट फर्किए, पुनमदेवीको शव बोराभित्र भेटियो

रंजन भण्डारी

जनकपुर । महोत्तरीमा वोरामा कोचिएर फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । मटिहानी नगरपालिका वडा नम्बर ४ मझौरास्थित मुख्य सडक छेउमा मंगलवार राति शव फेला परेको हो । मृतक मटिहानी नगरपालिका वडा नम्बर ४ वरदाहाकी २५ वर्षीय पुनम देवी तत्मा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वैदेशिक रोजगारमा रहेका पुनम देवी पति शिवशंकर दास १६ गते घर फर्केका थिए । पुनमदेवी पति घर फर्केको पर्सि पल्ट अर्थात् चैत १८ देखि अकस्मात् बेपत्ता भएकी थिइन ।

पुनदेवीको माइती पक्षले उनको खोजी गर्न प्रहरीमा निवेदन दिए । त्यसपछि प्रहरीले उनको खोजी गर्न थाल्यो । यता पुनमदेवीको घर पक्षले पनि उनले गरगहना र पैसा लिएर घरबाट हराएको भनेर प्रहरीलाई जानकारी गराएका थिए । घर पक्ष प्रहरीमा निवेदन दिएपछि फरार छन् ।

फरार भएको कारण पुनमदेवीलाई परिवारका सदस्यले नै मारेको हुन सक्ने आशंका हुन थालेको छ । पुनमदेवीको ४ र ३ वर्षको दुई छोरीे छन् । आमाको हत्या र बुबासहित घरका सबै फरार भएपछि नाबालिकाको बिचल्ली भएको छ । प्रहरीले हतियारले प्रहार गरी हत्या गरेको हुन सक्ने जनाएको छ ।

मटिहानी नगरपालिकामा यो दोस्रो विभत्स हत्या हो । गत महिना पनि मटिहानीमा एक युवकको विभत्स हत्या भएको थियो । युवकको हत्या भएको एक महिना नबित्दै फेरि अर्को त्यस्तै घटना भएपछि बासिन्दा सशंकित बनेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…